[the_ad id="16865"]

भुपेन्द्रबहादुर भण्डारी ९अनुराग०को डेव्यू निर्देशन तथा नेपाल आइडल सीजन(२ का विजेता रवी ओडको स्वरमा रहेको त्यो मान्छे बोलको गित सार्वजनिक भएको छ

[the_ad id="16873"]

२२ पुस काठमाडोँ(

भुपेन्द्रबहादुर भण्डारी ९अनुराग०को डेव्यू निर्देशन तथा नेपाल आइडल सीजन(२ का विजेता रवी ओडको स्वरमा रहेको त्यो मान्छे बोलको गित सार्वजनिक भएको छ । जनसवाल मिडिया प्रालिले उत्पादन गरेको उक्त म्युजिक भिडियो सवाल मिडियाले बजारमा ल्याएको हो ।

भिम विसीले संगीत भरेको गीतमा राज भण्डारी र सविना राउतको मुख्य भुमिका रहेको छ भने, भुपेन्द्रबहादुर भण्डारी, दृष्टि केसी लगायतको अभिनय रहेको छ ।

नव निर्देशक भुपेन्द्रबहादुर भण्डारीको सांगितिक कथाबस्तुले यो म्युजिक भिडियोको मर्मलाई न्याए दिएको निर्माता कृष्णा चौलागाईले बताइन् । उनले यस म्युजिक भिडियोमा कलाकारहरु नयाँ भएपनि उनीहरुको अभिनय वर्षौँ देखी यस क्षेत्रमा काम गर्नेहरु भन्दा कम नभएको दावी गरिन ।

गितलाई बुधवार काठमाडौंमा गाएक रवी ओडले टिभीको रिमोटले प्ले गरेर सार्वजनिक गरेका हुन । गायक ओडले म्युजिक भिडियोले गितको मर्मा नमारेको बताए । निर्देशक भन्डारीलाई तथा कलाकार भण्डारी र राउतलाई बधाई तथा शुभकामना दिए ।

यो मान्छेलाई सवाल मिडियाको युटुब च्यानलमा हेर्न सक्ने छौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search