[the_ad id="16865"]

बिहिबारदेखि आइतबारसम्म उपत्यकामा चल्ने सबारीमा जोर विजोर नम्बर प्रणाली लागू

बिहिबारदेखि आइतबारसम्म उपत्यकामा चल्ने सबारीमा जोर विजोर नम्बर प्रणाली लागू
[the_ad id="16873"]

११,मङ्सिर, काठमाडौँ । आगामी बिहिबारदेखि आइतबारसम्म काठमाडौंमा जोर विजोर नम्बर अनुसार गाडी चल्ने भएका छन्।

शुक्रबारदेखि सोमबारसम्म हुने एसिया प्यासिफिक समिट क्रममा सवारी जाम नहोस् भनेर जोर विजोर नम्बरका आधारमा निजी तथा सार्वजनिक गाडी चलाउने तयारी भएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मंसिर १३ गते बिहिबार र मंसिर १५ गते शनिबार नम्बर प्लेटको अन्तिम अंक विजोर (१,३,५,७,९) भएका गाडीमात्रै चल्न पाउनेछन् भने मंसिर १४ गते शुक्रबा र मंसिर १६ गते आइतबार जोर (०,२,४,६,८) अंक भएका गाडी मात्रै चल्न पाउनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search