[the_ad id="16865"]

प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबराको नाम सिफारिस

प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबराको नाम सिफारिस
[the_ad id="16873"]

काठमाडौं । संवैधानिक परिषदले सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको छ ।

परिषदको बिहीबार बसेको बैठकले न्यायाधीश जबरालाई सिफारिस गरेको परिषद स्रोतले जनाएको छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पुस १७ मा ६५ वर्षे उमेर हदका कारण अवकाश पाउँदै छन् ।

संवैधानिक निकायका पदाधिकारीले अवकाश पाउनु एक महिनाअगाडि नै नयाँ नियुक्तिका लागि सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

गत मंसिर १७ मा प्रधानमन्त्रीको अध्यक्षतामा पहिलो पटक बसेको बैठक प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवाले कार्यव्यस्तता देखाएपछि निर्णय नगरी स्थगित भएको थियो ।

त्यसपछि मंसिर २२ का लागि बोलाइएको दोस्रो बैठकसमेत देउवा अनुपस्थित भएका कारण स्थगित भएको थियो ।

२३ गते मंगलबार पनि बिहानका लागि बोलाइएको बैठक दिउँसो, अपराहन र साँझ भन्दै अन्तिममा बस्दै नबसी स्थगित भएको थियो । आजको बैठकमा भने देउवा उपस्थित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search