[the_ad id="16865"]

एडिबीसँग सघन साझेदारीमा अर्थमन्त्रीको जोड

एडिबीसँग सघन साझेदारीमा अर्थमन्त्रीको जोड
[the_ad id="16873"]

अर्थमन्त्री जनार्दन शर्माले नेपाली उत्पादनलाई विश्व बजारमा पु¥याउन एशियाली विकास बैंक (एडिबी) सँग सघन साझेदारी आवश्यक भएकामा जोड दिनुभएको छ । एडिबीका कार्यकारी निर्देशक डा वान फारिसनसँग आज भएको ‘भुर्चुअल’ छलफलमा उहाँले उक्त कुरामा जोड दिनुभएको हो । नेपालका उत्पादन नगण्य मात्रामा मात्र निर्यात भइरहेको बताउँदै अर्थमन्त्री शर्माले यसलाई बढाउन एडिबीसँग सहकार्य अपरिहार्य भएको उल्लेख गर्नुभयो । “नेपालको निकासी न्यून छ, उत्पादन गर्ने वस्तु वा क्षेत्रको छनोट र उत्पादित वस्तु निकासी गरी विश्व बजारमा पु¥याउन पनि एडीबीसँग हाम्रो सघन सहकार्य आवश्यक छ”, उहाँले भन्नुभयो । अर्थतन्त्रको नकारात्मक पक्षहरूलाई घटाउन, व्यापारका सूचकाङ्कमा सुधार गर्न तथा लगानीमैत्री वातावारण निर्माण गर्न सरकार क्रियाशील रहेको बताउँदै त्यसनिम्ति निजी क्षेत्रलाई प्रोत्साहन गर्ने सरकारको नीति रहेको जानकारी दिनुभयो । एडिबीले कोभिड महामारी नियन्त्रण गर्न तथा नेपालको अर्थतन्त्रलाई उन्नत तुल्याउन निरन्तर सहयोग गरेकामा उहाँले धन्यवाद ज्ञापन गर्नुभयो । कोभिडपछिको अर्थतन्त्रलाई उकास्न अझै धेरै काम गर्र्न बाँकी रहेको र त्यसमा एडिबीसँगको थप सहकार्य नेपाललाई आवश्यक भएको अर्थमन्त्रीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search