[the_ad id="16865"]

बर्दियामा विद्युत सर्ट हुँदा आगलागी

[the_ad id="16873"]

बर्दियामा विद्य‌ुत सर्ट भई एक घरमा आगलागी भएको छ । विद्य‌ुत सर्ट भई गेरुवा गाउँपालिका वडा नं. ६ सोनाहाफाँटा निवासी बिर बहादुर थापाको घरमा आगलागी भएको हो ।

घरमा कोही पनि नभएको अवस्थामा सोमबार दिउँसो ३ बजेतिर आगलागी भएको गेरुवा गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष अमित खड्काले जानकारी दिनुभयो ।

आगलागीबाट घर जलेर पूर्ण रुपमा नष्ट भएको छ भने गोठमा आंशिक क्षति पुगेको छ । आगलागीबाट घर जल्दा खाद्यान्न, लत्ताकपडा लगायत घरमा भएका सम्पूर्ण सामानहरु जलेर नष्ट भएको छ । प्रहरीका अनुसार आगलागीबाट किरब एक लाख ६० हजार रुपैँया बराबरकाे धनमाल जलेर नष्ट भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search