[the_ad id="16865"]

घरच्वार थारुहरुको राष्ट्रिय सम्मेलन १८ गते बेलभारमा हुदै

घरच्वार थारुहरुको राष्ट्रिय सम्मेलन १८ गते बेलभारमा हुदै
[the_ad id="16873"]

बर्दिया, चैत १७ गते

घरच्वार थारुहरुको राष्ट्रिय सम्मेलनभोली सुक्रबारदेखि बर्दियाको बारबर्दिया ११ बेलभारमाहुदैछ । सम्मेलनको सम्पुर्ण तयारी पुरा भएको घरच्वार थारु दोस्रो राष्ट्रिय सम्मेलन मुल समरोह समितिका सदस्य पुर्णबहादुर घरच्वार थारुले जानकारी गराउनु भएको छ ।

यहि चैत १८ र १९ गते संचालनहुने राष्ट्रिय सम्मेलनमा नेपालका ३ वटा प्रेदशका ६ जिल्लाका घरच्वार थारुहरुको करिब ८ सय प्रतिनिधिहरु बेलभारमाजम्माहुने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।  उक्त सम्मेलनको उद्घाटन लुम्बिनीप्रदेशकापर्यटन तथाग्रामिनशहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनको पहिलो दिनउद्घाटन सत्रमा घरच्वारहरुको अवधारण तथाअवस्थाको बारेमाजानकारी गराउनुका साथै घरच्वार थारु राष्ट्रिय कलाकारहरु बिबस घरच्वार थारु,शालिकराम घरच्वार थारु, दिपक घरच्वार थारु लगाएत स्थानीय घरच्वार कलाकारहरुको संस्कृतिक प्रस्तुती रहने आयोजकले जनाएको छ ।

नेपालको बिभिन्नजिल्लामाबसोबास गर्ने घरच्वार थारुहरुको भाषा, संस्कृति र पहिचानकालागि संरक्षण र सम्वद्र्धन गरि आर्थिक, समाजिक र राजनीतिक रुपमा सक्षमबनाउने उदेश्यका साथ राष्ट्रिय सम्मेलन गर्न लागेका हुन् । नेपालको पश्चिमीजिल्लाहरुमाबसोबास गर्ने थारु समुदायको घरच्वार गोतियार (गोत्र)हरुको दोस्रो सम्मेलनमा नेपालको बर्दिया, बाँके, दाङ, सुर्खेत, कैलाली र कञ्चनपुर जिल्लाको बिभिन्न भेगमाबसोबास गर्ने घरच्वार थारुहरु भाषा, संस्कृति र पहिचानकालागि संरक्षण र सम्वद्र्धन गर्ने उदेश्यले सम्मेलन गरिरहेको सचिवालय संयोजक कृपालाल घरच्वार थारुले जानकारी गराउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search