[the_ad id="16865"]

बाँसगढीमा अपाङ्गता भएकालाई घरघरमै पुगेर साहयता सामग्री बितरण

बाँसगढीमा अपाङ्गता भएकालाई घरघरमै पुगेर साहयता सामग्री बितरण
[the_ad id="16873"]

असार २२ गते

बर्दियाको बाँसगढी नगरपालिकामा आज ११ जना अपाङ्गता भएकालाई घरघरमै पुगेर साहयता सामग्री (हुईल चियर) बितरण गरीएको छ । बाँसगढी नगरपालिकाको १ देखि ९ वटै वडामा पुगी नगर प्रमुख खड्क बहादुर खड्का, उप प्रमुख इन्दिरा चौधरी, लगायत संम्बन्धीत वडाका वडा अध्यक्षहरुको सहभागितामा सहायता सामग्री (हुईल चियर) बितरण गरीएको हो ।

बाँसगढी नगरपालिकाको वडा नंम्बर ४ र ६ मा २।२ जनालाई र बाँकी १, , , , , ८ र ९ वडामा १।१ जनालाई करिव १३ हजार देखि १५ हजार सम्म मुल्य पर्ने सहायता सामग्री (हुईल चियर) बितरण गरीएको महिला तथा बालबालिका प्रमुख एसोदा थापाले जानकारी दिनु भएको छ ।

 वडा नं १ मा साबित्री चन्द लाई र वडा नम्बर २ मा बिरेन्द्र थारुलाई (हुईल चियर) हस्तान्त्ररण गरीएको छ । त्यसैगरी वडा नम्बर ३ महदेवाका कालिचरण थारु, वडा नं ४ नेवादाका राधेश्याम थारु र संखरीयाका भागिरथी अधिकारीलाई (हुईल चियर) हस्तान्त्ररण गरीएको छ । त्यस्तै, वडा नं ५ बाँसगढीका जयकली अधिकारी, वडा नं ६ का सोहनी थरुनी र पन्नलाल थारु, वडा नं ७ मा बलिराम थारु, ८ नम्बर वडामा मानसरी खत्री र ९ नम्बर वडामा साबित्री चौधरीलाई (हुईल चियर) हस्तान्त्ररण गरीएको महिला तथा बालबालिका साखाका प्रमुख एसोदा थापाले जानकारी दिनु भयो । साहयता समाग्री (हुईल चियर) पाउनु हुने सबैजनाले महिला तथा बालबालिका साखाले सूचना निकालेको बेला नाम दर्ता गराएका थिए ।

नाम दर्ता गराएकोमध्य अतिआवश्यक परेका ब्यक्तिहरुलाई छनौट गरी बितरण गरेको महिला तथा बालबालिका साखाका प्रमुख थापाले बताउनु भयो । उहाँका अनुसार बाँसगढी नगरपालिकाको महिला तथा बालबालिका साखाको बजेटबाट ११ जनालाई साहयता समाग्री (हुईल चियर) बितरणमा जम्मा १ लाख ४० हजार बराबरको खर्च भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search