[the_ad id="16865"]

बर्दिया राष्ट्रिय निकुञ्जमा जंगल सफारी पुनः शुरु

[the_ad id="16873"]

बर्दिया राष्ट्रिय निकुञ्जमा गत साउन ९ गतेबाट बन्द रहेको जंगल सफारी बुधबारदेखि सञ्चालनमा आएको छ ।

पर्यटक र पर्यटन व्यवसायीको आग्रहलाई मध्यनजर राख्दै सफारी निश्चित तोकिएको राम्रो बाटोमा अवलोकन गर्न पाउने बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए । तर पानी पर्नासाथ सफारी गर्न नपाउने बताइएको छ ।

प्रमुख संरक्षण अधिकृत श्रेष्ठले मौसमको अवस्था हेरेर सफारी खोलिएको बताउँदै लगातार वर्षा भयो भने बन्द हुने जानकारी दिए । यस वर्ष गणनामा बाघ बढेपछि पर्यटकको आकर्षण केन्द्र बर्दिया निकुञ्ज भएको पनि श्रेष्ठले बताए ।

यद्दपि यसअघि पनि बाघका कारण पर्यटक आगमन बढ्दै गएको छ । गत वर्षमा १६ हजार २ सय ९७ पर्यटक निकुञ्ज भित्रिएका थिए । जस मध्ये नेपाली १३ हजार ७४, तेस्रो मुलुकका २ हजार ३ सय २२ र सार्कबाट ९ सय १ जना पर्यटकले निकुञ्ज अवलोकन गरेको तथ्यांकमा उल्लेख छ ।

विगतका तुलनामा सार्क मुलुकबाट आउने पर्यटकमा वृद्धि भएको छ । बर्दिया निकुञ्जमा पछिल्लो गणना अनुसार १ सय २५ वटा बाघ रहेका छन् ।

यसैगरी बर्दिया निकुञ्जमा सयभन्दा बढी हात्ती, ३७ वटा गैंडा लगायत थुप्रै चित्तल, निलगाई, बारसिंगे लगायतका वन्यजन्तु रहेको बताइन्छ । निकुञ्ज बाहिर आसपासका क्षेत्रमा ठूला, साना गरी दुई दर्जनभन्दा बढी पर्यटकीय होटल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search