[the_ad id="16865"]

राजनितिक खिचातानिले जनतामा नैरस्यता- महामन्त्री थापा

राजनितिक खिचातानिले जनतामा नैरस्यता- महामन्त्री थापा
[the_ad id="16873"]

युवराज आचार्य
झापा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा अहिले भएको राजनैतिक खिच्चतानी र अस्थिरताले नेपालीहरुमा नैरसता छाएको बताएका छन् ।

शनिबार झापाको धुलाबारीमा नेपाली कांग्रेसको मेचीनगर सम्मेलनलाई सम्बोधन गर्दै प्रतिनिधि सभाका सदस्य तथा पूर्व मन्त्री कांगे्रस महामन्त्री थापाले राजनैतिक दलहरु पद र शक्तिको पछि मात्रै लाग्ने परिपाटी हावि हुँदा अहिले आम जनतामा नैरसता छाइरहेको बताए ।

उनले यसकै परिणाम स्वरुप अहिले सयौंको संख्यामा देशका दक्ष युवाहरु अहिले सुविधा सम्पन्न राष्ट्र नेपाल नफर्कने गरी पलायन भइरहेको बताए । यसलाई रोक्न देशमा नै दक्ष युवा बस्ने वातावरण सृर्जना गर्न ढिला गर्न नहुने उनको भनाई छ ।

जनसंख्याको आधारमा अहिले नेपालको स्वर्णिम युग हो उनले भने, करिब तीन करोड जनसंख्या भएको देशमा युवाहरुको संख्या मात्रै २३ प्रतिशत भन्दा माथी रहेको छ । यति ठुलो जनशक्तिलाई देशमा नै रोजगारी लगायत आर्थिक विकासमा जोड्न सके विदेशीने युवाहरुको संख्यामा कमि आउनाका साथै देश आर्थिक रुपमा सक्षम हुने उनको भनाई छ ।

साथै उनले देशमा असहज परिस्थिती सृर्जना हुँदा नेपाली काँग्रेसले मात्रै त्यसलाई निकास दिने गरेको इतिहास रहेको बताउँदै उनले अप्ठेरो परेको बेला सहि नेतृत्व गर्ने क्षमता काँग्रेसमा मात्रै रहेको बताए ।

धुलाबारीस्थित पासाङ ल्हामू स्मृति जेसीज प्रतिष्ठानमा आयोजित कार्यक्रममा कोशी प्रदेशसभा सदस्य गोपाल तामाङ, निवर्तमान मेचीनगर प्रमुख विमल आचार्य, काँग्रेस जिल्ला सभापती देउमान थेब, उपसभापती केशवराज पाण्डेलगायतले बोलेका थिए ।

नगर सम्मेलनमा प्रदेश, जिल्ला, क्षेत्र, नगर, वडादेखि टोलसम्मका सम्पूर्ण कमिटीबाट ठुलो संख्यामा उपस्थिती रहेको थियो ।

कांग्रेस मेचीनगर सभापति सुवेश कुमार पनेरुे (सुदय) को सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत क्षेत्रिय सभापति इन्द्र बुढाथोकीले गरेका थिए भने, कार्यक्रम सञ्चालन सचिवद्वय मनोज घिमिरे र मुकेश लिम्बुले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search