[the_ad id="16865"]

६० के जि सुन प्रकरण- सि.आई. बि. ले लियो दिपेश र राहुलकाे बयान

६० के जि सुन प्रकरण- सि.आई. बि. ले लियो दिपेश र राहुलकाे बयान
[the_ad id="16873"]

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुन र माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महराको बयान लिएको छ।

सीआईबीले ६० किलो सुन प्रकरण अनुसन्धानको क्रममा दिपेश पुन र राहुल महराको बयान लिएको हो।

सुन तस्करीमा मुछिएका अन्यसँग पुनको पनि सम्पर्क देखिएपछि बयान लिइएको सीआईबीले बताएको छ।

त्यस्तै ६० किलो सुन प्रकरणमा राहुल महरालाई भने प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ परेका महराको पनि सीआईबीले बयान लिएको हो।

राजश्व अनुसन्धान विभागले गत साउन ३ मा हङहङबाट ब्रेक सुमा लुकाएर ल्याइएको सुन एयरपोर्ट भन्सारबाट बाहिरिने क्रममा बरामद गरेको थियो।

सो प्रकरणमा सुरुमा विभागले नै अनुसन्धान गरेको भएपनि पछि सीआईबीले जिम्मा पाएको थियो। आफूले अनुसन्धानको जिम्मा पाएसँगै सीआईबीले सोधपुछ र अनुसन्धानलाई तीव्रता दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search