[the_ad id="16865"]

काठमाण्डाैकाे ब्यस्त सडकमा ५ लाख चाेरि

काठमाण्डाैकाे ब्यस्त सडकमा ५ लाख चाेरि
[the_ad id="16873"]

१९ भदौ, काठमाडौं । काठमाडौंमा दिनदहाडै ५ लाख रुपैयाँ नगद चोरी भएको छ । काठमाडौं महानगरपालिका-१६ माछापोखरी कुमारीस्थानको मूल सडकबाटै दिनेशकुमार श्रेष्ठको ५ लाख रुपैयाँ नगद, चेक र कागजपत्र सहितको झोला चोरिएको हो ।

बिहान करिब ९ बजेको समयमा रोकी राखिएको गाडी भित्रबाट झोला चोरिएको श्रेष्ठले बताए । बैंकमा रकम जग्मा गर्न जान लाग्दै गर्दा रकम चोरी भएको श्रेष्ठको दाबी छ । उनी खुद्रा व्यापार गर्छन् ।
‘गाडीमा झोला राखेर पसलतर्फ फर्किंदा नगदसहितको झोला चोरी भयो,’ श्रेष्ठले अनलाइनखबरसँग भने, ‘झोलामा ५ लाख जति नगद, पसलका कागजपत्र र केही चेकहरु थिए ।’

चोरी गर्ने व्यक्ति नजिकैको सीसी टिभीमा कैद भएको भन्दै उनले त्यो पनि सार्वजनिक गरेका छन् । सार्वजनिक भएको सीसी टिभी फुटेजमा कालो ट्राउजर र फिक्का हरियो टिसर्ट लगाएका युवाले गाडीबाट झोला झिकेको देखिन्छ ।
घटनाबारे महानगरीय प्रहरी कार्यालय बालाजुलाई जानकारी गराइएको पीडित श्रेष्ठले बताए । बालाजुका प्रहरी प्रमुख मनोजित कुवँरले घटनाबारे आफुलाई जानकारी भइनसकेको बताए । ‘उजुरी दर्ता भएको होला, प्रक्रियागत रुपमा सूचना आएपछि हामी खोजतलास गर्छौं’ केसीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search