[the_ad id="16865"]

बर्दियामा प्रधानाध्यापक घुस रकम सहित अख्तियारकाे नियनत्रणमा

बर्दियामा प्रधानाध्यापक घुस रकम सहित अख्तियारकाे नियनत्रणमा
[the_ad id="16873"]

बर्दियामा एक जना प्रधानाध्यापक घुस रकमसहित पक्राउ परेकी छन‍्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजापुर नगरपालिका वडा नं. ७, भिस्मापुरस्थित श्री सरस्वती बाल प्रथामिक विद्यालय शंकरपुरका प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्यायलाई घुस रकमसहित पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।

उनले हाजिरी गराउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए। उक्त सूचनाको आधारमा खटिएको टोलीले उनलाई वडा नम्बर ४ स्थित सरस्वती भवन नजिकैबाट मंगलबार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो।

उनले १४ हजार ५०० रुपैयाँ घुस लिएको र उनी माथि थप अनुसन्धान भई रहेकाे अख्तियारले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search