[the_ad id="16865"]

नेपाली युवतिकाे हत्या प्रकरणमा भारतिय कर्णेल पक्राउ

नेपाली युवतिकाे हत्या प्रकरणमा भारतिय कर्णेल पक्राउ
[the_ad id="16873"]

कञ्चनपुर — तनहुँकी श्रेया शर्मा पश्चिम बंगालको सिलिगुडीस्थित बारमा काम गर्थिन् । सन् २०२० को सुरुवाततिर उनको भेट भारतीय सेनाका लेफ्टिनेन्ट कर्नेल रामेन्दु उपाध्यायसँग भयो । उपाध्यायका साथीहरूको माध्यमबाट भएको यो भेटमा दुवै एकअर्काप्रति आकर्षित भए । त्यसपछि दुवैबीच निरन्तर भेटघाट भइरह्यो ।
४२ वर्षीय उपाध्यायले सिलिगुडीमा फ्ल्याट लिए, दुवै सँगै बस्न थाले । पतिपत्नीझैं सम्बन्ध भयो । यही सम्बन्धले २६ वर्षीया श्रेयालाई मृत्युको मुखमा पुर्‍यायो ।
शनिबार राति भारत उत्तराखण्डको देहरादूनमा उपाध्यायले नै उनको हत्या गरेका छन् । प्रहरीले हत्या आरोपी उपाध्यायलाई नियन्त्रणमा लिएर मंगलबार सार्वजनिक गरेको छ । उपाध्यायसँगै हत्यामा प्रयोग भएका हथौडा, गाडी र कपडालगायतका सामान बरामद भएको प्रहरीले जनाएको छ ।

देहरादून प्रहरीलाई उपाध्यायले दिएको बयानअनुसार २०२३ जनवरीमा उनको सरुवा देहरादूनमा भयो । क्लामेनटाउनस्थित भारतीय सेनाको ब्यारेकमा कार्यरत उपाध्यायले सिलिगुडीबाट रमाना हुँदा श्रेयालाई पनि सँगै ल्याएका थिए । देहरादूनमै फ्ल्याट भाडामा लिएर सँगै बस्न थाले । यो कुरा उपाध्यायकी श्रीमतीले पनि थाहा पाइन् । त्यसपछि उनले श्रेयालाई केही दिनका लागि सिलिगुडी पठाए । उपाध्यायले श्रेयालाई एक महिनापछि फेरि देहरादून बोलाए । घरमा पनि यसै विषयमा झगडा हुन थाल्यो । श्रीमतीले श्रेयाको कोठामै गएर झगडा गर्न थालेपछि उपाध्यायले श्रेयालाई पन्छाउने योजना बनाए ।
शनिबार उपाध्यायले श्रेयालाई देहरादूनको राजपुर रोडको एउटा क्लबमा लगे । त्यसअघि नै उनले हत्याको योजनासहित हतौडा र शौचालय सफा गर्ने एसिड गाडीमा राखेका थिए । क्लबमा राति अबेरसम्म दुवैले मदिरा सेवन गरे । केही बियरका बोतल गाडीमा पनि राखे । देहरादूनका विभिन्न ठाउँमा यात्राकै क्रममा दुवै जनाबीच विवाद पनि भयो । विवादबीच उपाध्यायले श्रेयाको टाउकोमा हतौडाले हाने । लगातारको प्रहारबाट श्रेयाको मृत्यु भयो । शौचालय सफा गर्ने एसिड उनको मुखमा फाले । त्यसपछि उनले गाडी जंगल किनारमा लगेर शव त्यही छाडे । उपाध्यायले हत्यामा प्रयोग भएका सामग्री र श्रेयाका कपडा गाडीमै हालेर शोरुमभित्र राखे ।

घटनाको भोलिपल्ट स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गर्नेबित्तिकै अनुसन्धान सुरु भयो । देहरादून प्रहरीले घटनाको अनुसन्धानका लागि विभिन्न टोली गठन गर्‍यो । ‘यो योजनाबद्ध हत्या हो, हामीले घटनालगत्तै अनुसन्धान सुरु गरेर आरोपी नियन्त्रणमा लिइसकेका छौं,’ मंगलबार आरोपीलाई सार्वजनिक गर्दै देहरादूनका वरिष्ठ प्रहरी अधिक्षक (एसएसपी) दिलीपसिंह कुँवरले पत्रकार सम्मेलनमा भने, ‘दुवै जनाको लामो समयदेखि सम्बन्ध रहेछ, महिलाले विवाहका लागि दबाब दिइरहेकी थिइन्, बदनाम गर्ने पनि धम्की दिइरहेकी थिइन्, त्यसपछि हत्याको योजना बनेको देखिन्छ ।’

उनका अनुसार श्रेयाका कारण उपाध्यायको परिवारमा निरन्तर झगडा पनि भइरहेको थियो । एकपटक उपाध्यायकी श्रीमती श्रेयाकै कोठामा पुगेपछि झगडाले उग्र रूप लिएको थियो । त्यसयता उपाध्याय निकै तनावमा थिए । त्यसपछि उनले हत्याको योजना बनाएको देखिन्छ । ‘श्रेयाले विवाहका लागि दबाब दिएपछि उनी परेसान थिए,’ उनले भने ।

एसएसपी कुँवरका अनुसार प्रहरीले अनुसन्धानका क्रममा घटनाको राति उक्त क्षेत्रमा महाराणा प्रताप चोक र रायपुर थाना चोकबाट आउजाउ गर्ने गाडीलाई निगरानी राखेर हत्यारासम्म पुग्न सफल भएको बताए । दुवै चोकमा रहेका सिसी क्यामेराको अध्ययन गर्दा उक्त राति २४ वटा गाडी घटना भएको क्षेत्रमा आउजाउ गरेका थिए । जसमध्ये शंकास्पदलाई निगरानीमा राखेर अनुसन्धान गर्दै जाँदा उपाध्यायसम्म पुग्न सफल भएको उनले बताए ।

एसएसपी कुँवरले हत्या घटनाका विषयमा दिल्लीस्थित नेपाली दूतावासलाई जानकारी गराइएको बताए । उनका अनुसार अहिले श्रेयाको शव अस्पतालमै राखिएको छ । नेपालमा उनका परिवारसँग सम्पर्कका लागि चम्पावत प्रहरीलाई समेत आग्रह गरिएको बताए । ‘दूतावासको माध्यमबाट र सीमा क्षेत्र चम्पावत प्रहरीबाट परिवारसँग सम्पर्क गर्ने प्रक्रिया भइरहेको छ,’ उनले पत्रकार सम्मेलनमा भने । देहरादूनका अधिकारकर्मी विशाल थापाले शुक्रबार साँझसम्म मृतकका आमा र बहिनी देहरादून पुग्ने जानकारी पाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search