[the_ad id="16865"]

ठाकुरबाबाले सञ्चालनमा ल्यायाे अत्याधुनिक सर्पदंस उपचार केन्द्र

ठाकुरबाबाले सञ्चालनमा ल्यायाे अत्याधुनिक सर्पदंस उपचार केन्द्र
[the_ad id="16873"]

ज्याेति पन्थि
बर्दिया ठाकुरबाबा नगरपालिकाले आफ्नो पहिलो प्राथमिकता अन्तर्गत राखेको स्वास्थ्य सेवा सुधार गरि नगरबासीलाई सहुलियतपुर्ण उपचार दिने नीति तथा कार्यक्रम अनुरुप अत्याधुनिक सर्प दन्स उपचार केन्द्र संचालनमा ल्याएकाे छ । नगरपालिकाले सञ्चालन गरेकाे नगर अस्पतालमा अत्याधुनिक सर्प दन्स उपचार केन्द्र सञ्चालनमा ल्याएकाे हाे । बर्दिया जिल्लाकाे ८ स्थानिय तहमा सर्प दस उपचार केन्द्र नहुदा स्थानियले सर्पकाे टाेकाईबाट ज्यान गुमाउनु परेकाे थियाे भने उपचारका लागि समेत बाके जानू पर्ने बाध्यता थियाे ।

बर्दियामा पाईने बिसालु सर्पले टाेकेमा मानिसहरूले उपचार नपाएर ज्यान गुमाउन नपराेस भन्ने उत्द्वेश्यले सर्प दंस उपचार केन्द्र सञ्चालनमा ल्याईएकाे ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलक लम्सालले बताउनु भयाे । यसै बिच नगर प्रमुख लम्सालले गर्न अनुमती प्राप्त गरि नगर अस्पतालमा नै उपचार केन्द्र संचालन गर्न आवश्यक एन्टि स्नेक भेनम, भेन्टिलेटर तथा सघन उपचारका लागि आवश्यक अन्य सामग्री अस्पताललाई हस्तान्तरण गर्नु भएकाे छ ।

जनहितमा जारी सन्देश

ठाकुरबाबा नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाश तिमिल्सिनाले अस्पतालमा आउने सर्पदंश लगायतका बिरामिलाई लाई विशेष निगरानिमा उपचार गरिने २४ घण्टा असपतालबाट सेवा प्रदान गर्ने गरि ब्यवस्था मिलाईएकाे बताउनु भया । ठाकुरबाबा नगरपालिकाले सञ्चालन्मा ल्याएकाे सर्पदंस उपचार केन्द्र बर्दियामानै पहिलाे सर्पदस उपचार केन्द्र हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search