[the_ad id="16865"]

बर्दियाकाे भुरिगाउमा ठाकुरबाबाले आयाेजना गर्याे राेजगार मेला

बर्दियाकाे भुरिगाउमा ठाकुरबाबाले आयाेजना गर्याे राेजगार मेला
[the_ad id="16873"]

ज्योति कुमार पन्थी बर्दिया
बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका अन्र्तगत पर्ने भुरिगाउँमा रोजगार मेला सम्पन्न भएको छ । ठाकुरबाबा नगरपालिकाले आयोजना गरेको रोजगार मेला पछिल्लो समय रोजगार पाउँने र रोजगार दिनको आर्कषण बढदै गएको छ ।
प्लान नेपाल र बाके युनेश्को क्लवको सहयोग र ठाकुरबाबा नगरपालिकाको आयोजनामा आयोजित रोजगार मेलामा दुई दर्जन भन्दा बढी स्टलहरु राखिएको छ । परम्परागत रुपमा स्थानिय युवा युवतिहरुले उत्पादन गरेका सामाग्री र बिभिन्न रोजगार मुलक तालिममा सहभागी भएर काम गरि रहेका युवतीहरुले तयार गेका समाग्रीहरु रोजगार मेलामा पर्दशनीका लागि राखिएको छ । बर्दिया जिल्लाको भुरिगाउँमा अयोजना गरिएको रोजगार दिवसले रोजगारी दिने र रोजगारीमा सँलग्न हुने दुै जनाको प्रत्यक्ष भेट गराउँने उदेश्यल रोजगार मेलाको आयोजना गरिएको ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरी रिजालले बताउँनु भयो ।

बर्दिया जिल्लामा बिभिन्न क्षेत्रमा काम गर्दे आई रहेका युवा युवतीहरुलाई रोजगार दिनका लागि र उनिहले उत्पादन गरेका सामाग्रीहरुलई बजारमा खपत गराउँनका लागि पनि यो रोजगार मेलालले अवश्य पनि मद्धत पुग्ने देखिन्छ । प्लान नेपालको सहयोगमा बाके युनेश्को कल्वले सञ्चालन गरेको बिभिन्न तािलमहरुमा सहभागि भएकाहरु मध्य रोजगार मेलामा अधिकांशले भाग लिएका छन । बढदो बेरोजगारी समस्या समाधान गर्नका लागि रोजगार मेलाले सहयोग पुग्ने सहभागि चादनी थापाको भनाई छ ।
बाके युनेश्को कल्वले बिगत लामो समय देखि बर्दियाको बिभिन्न पालिकाहरुमा रोजगारी मुलक कार्यक्रम सञ्चालन गर्दे आई रहेको छ । बर्दिया जिल्लामा सिलाई कटालाई, होटल सञ्चालन, बिद्युत मर्मत लगायतका क्षेत्रमा तालिम चलाउँदै आएको र उत्पादन भएका दक्ष जनशक्तिहरुलाई बजारमा परिचालन गर्न सहज होस भन्ने उद्धेश्यले प्लान नेपालको सहयोगमा रोजगार मेलाको आयोजना गरिएको बाके युनेश्को कल्वका अध्यक्ष रवि कुमार थापाले बताउनु भयो ।

पछिल्लो समय युवाहरु बिदेश पलायन हुने क्रम बढे सँग्ै गाउँघरमा रोजगारी गर्नेको संख्या समेत घटदै गएको देखिन्छ । पटक पटक रोजगारीका शिलशिलामा युवाहरु बिदेश पलायन हुने क्रम नरोकिएका कारण रोजागार मेलाको आयोजना गरिएको ठाकुरबाबा नगरपालिकाले जनाएको छ । संबिधान दिवसको अवसर पारेर भुरिगाउँ बजारमानै आयोजना गरिएको रोजगार मेलामा एक भन्दा बढी रोजगार दाता र एक सय भन्दा बढी रोजगारीमा सँलग्न हुने ब्यक्ति सामेल भएको र यसले रोजगारी प्रदान गर्ने र उनिहरुको उत्पादनले बजार पाउँनेमा आफुहरु आसाबादी रहेको ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलक लम्सालले बताउँनु भयो ।

जनहितमा जारी सन्देश

बर्दियाको ८ स्थानिय तह मध्यमा युवाहरुलाई रोजगारमा सँलग्न गराउँने उद्धेश्यले रोजगार मेलाको आयोजना गरिएको छ । ठाकुरबाबा नगरपालिका जस्तै अन्य स्थानिय तहहरुले पनि यस्ता कार्यक्रमहरुलाई अगाडी बढाउँन सक्ने हो भने बढदो बेरोजगारीको समस्याका साथै युवाहरुको बिदेश पलायनलाई समेत रोक्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search