[the_ad id="16865"]

सेवाग्राही संग रकम लिएकाे आराेपमा एन.आई.सि बैकका म्यानेजर बिरूद्व उजुरि

सेवाग्राही संग रकम लिएकाे आराेपमा एन.आई.सि बैकका म्यानेजर बिरूद्व उजुरि
[the_ad id="16873"]

वीरगञ्ज । रौतहट गरुडामा रहेको एनआइसी एसिया बैङ्कको शाखा प्रबन्धक र केही कर्मचारीले ऋण स्वीकृत गरेको व्यक्तिको रकम आफैँ निकालेर अपचलन गर्ने गरेको देखिएको छ ।

कृषि सहुलियत ऋण स्वीकृत गरेपछि ऋणीसँग खाली चेकमा हस्ताक्षर गराएर बैङ्कका कर्मचारी लगायतका व्यक्तिको नाममा रकम निकालेको भन्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय रौतहटमा उजुरी परेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख महेन्द्र कुमार श्रेष्ठले जिल्ला प्रशासन कार्यालयबाट अनुसन्धानका लागि कार्यालयमा उजुरी आएको र सो अनुसार अनुसन्धान अगाडि बढाएको जानकारी दिए ।

प्रशासन कार्यालयबाट प्रहरीमा पुगेको जाहेरी अनुसार शाखा प्रबन्धक आमोद गुप्ताले जय बाबा वैद्यनाथ एग्रिकल्चर कम्पनी, अशोका एग्रिकल्चर र अम्बे कृषि फर्मको ऋण स्वीकृत गरेर सापटी भन्दै ऋणीसँग चेक लिएर रकम निकालेको उल्लेख छ ।

उनले चार करोड ७५ लाख ऋण स्वीकृत गरेर २ करोड ५ लाख आफैले विभिन्न व्यक्तिको नाममा निकालेका थिए । अशोका एग्रिकल्चर दुर्गा भगवतीका प्रोप्राइटर अशोक कुमार साहसँग उनले नौ वटा खाली चेकमा सही गराएर लिएर पैसा निकालेको उजुरीमा उल्लेख छ ।

चेकबाट धर्मेन्द्र कुमार महतोको नाममा ९ लाख ९५ हजार निकालेको देखिन्छ । उनी बैङ्कका गार्ड हुन् ।

सञ्जय यादवको नाममा ९ लाख ९५ हजार, सचिन श्रीबास्तवको नाममा ९ लाख ९५ हजार, पाना देवीको नाममा ९ लाख ९५ हजार, राम बच्चु राउतको नाममा ९ लाख ९५ हजार, आरएनकुमार साहको नाममा ९ लाख ९५ हजार, आशा देवीको नाममा ५ लाख ३४ हजार गरेर ८५ लाखभन्दा बढी रकम झिकेको देखिएको अनुसन्धानमा संलग्न स्रोतले जानकारी दियो ।

जय बाबा वैद्यनाथ एग्रिकल्चर कम्पनीको नाममा सोही शाखाबाट ३ करोड २० लाख ऋण स्वीकृत भएको थियो । प्रोप्राइटर पुष्पनाथ साहका छोरा राकेश साहको खातमा ७० लाख राख्न लगाएर शाखा प्रबन्धकले ८ वटा खाली चेक लिएर पैसा निकालेको आरोप छ ।


ती चेकबाक्ष बैकका प्रबन्धक गुप्ताको नाममा समेत ९ लाख ९० हजार निकालिएको देखिन्छ । पटक–पटक गरेर ६० लाख बढी निकालिएको थियो। अम्बे कृषि फर्मको नामबाट निकालिएको रकम खुलेको छैन ।

पीडित पक्षले सो रकम सापटी दिएको दाबी गरेका छन् । तर सहुलियत कृषि ऋण स्वीकृत भएसँगै केही रकम खातामै राख्न लगाउने, रकम पाउने, रकम र मिति नराखी हस्ताक्षर गरेर चेकहरू लिने र विभिन्न व्यक्तिको नाममा १० लाख भन्दा कम रकम निकाल्ने गरेको देखिन्छ ।


१० लाख रकम निकाले त्यसको विवरण राष्ट्र बैङ्कमा पठाउनुपर्ने र विवरण राष्ट्र बैङ्क गए पोल खुल्ने भएर सबै चेक १० लाख घटीको काटिएको थियो । शाखाले २० लाख बढीको ऋण केन्द्रको अनुमतिबिना स्वीकृत गर्न सक्दैन । ठुलो रकम सहुलियत ऋण स्वीकृत र लगत्तै केही रकम बैङ्कको शाखा प्रमुखलाई निकाल्न ऋणीले रित्तो चेक दिएकाले सापटी भन्दा ऋण स्वीकृत गरे बापतको कमिसन हुने सम्भावना बढी देखिन्छ ।

एनआइसी एसियाको घटना भने प्रहरीमा पुगेर अनुसन्धानै सुरु गरिसकेको छ । अहिले प्रबन्धकसहितका कर्मचारीलाई प्रहरीले हाजिर जमानीमा छाडेको खुलेको छ । उकेरा डटकमबाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search