[the_ad id="16865"]

अर्थमन्त्रिकाे बिदेश माेह ४ महिनामा ५ पटक बिदेश यात्रा

अर्थमन्त्रिकाे बिदेश माेह ४ महिनामा ५ पटक बिदेश यात्रा
[the_ad id="16873"]

२२ असोज, काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको सरकारले पहिलो त्रैमास सकिनै लाग्दा (२० असोजसम्म) ३.८६ प्रतिशत मात्रै विकास (पूँजीगत) बजेट खर्च गरेको छ । ३ खर्ब २ अर्ब पूँजीगत खर्चको लक्ष्य राखेको सरकारले अहिलेसम्म ११ अर्ब ६५ करोड मात्रै खर्चिन सकेको छ ।

अर्थ मन्त्रालयले बजेट कार्यान्वयनका लागि आवश्यक कार्यविधिहरु नै बनाउन सकेको छैन । बजेट कार्यान्वयनको कार्यतालिका समेत प्रभावित छ । गत वर्षको आयोजनाहरुमा भएको खर्च नै अर्थ मन्त्रालयले अहिलेसम्म भुक्तानी दिन सकेको छैन ।

रेमिट्यान्सको वृद्धि र आयातमा भएको गिरावटले अर्थतन्त्रको बाह्य क्षेत्र सुविधाजनक जस्तो देखिए पनि वास्तविक र वित्तीय क्षेत्र समस्यासँग जुधिरहेको छ ।


निर्माण, कृषि, उद्योग, यातायात जस्ता क्षेत्रमा सुस्तता कायम छ । विश्व बैंकले नै कृषि, उद्योग र सेवा क्षेत्रमा वृद्धि सामान्य वृद्धिका कारण १६ असोजमा यो वर्ष ३.१ प्रतिशत मात्रै आर्थिक वृद्धि हासिल हुने गरेको प्रक्षेपण छ । उपभोक्ताले खेप्ने महँगीदर ७.५२ प्रतिशत पुगेको छ । घरजग्गाको कारोबारदेखि पूँजी बजार समेत प्रभावित हुँदा यस्तो बेलामा कर्जाको विस्तार पनि सुस्त छ । दोहोरो अंकको ब्याजदरले उद्योगी–व्यवसायीहरु निरुत्साहित छन् । दशैं–तिहारकोअघि अर्थतन्त्रमा आर्थिक गतिविधि सुस्ताउँदा सानादेखि ठूला लगानीकर्ताहरुको मनोबल गिरेको छ ।

यही बेला राजस्व असुली नै चालु खर्च धान्न नसक्ने अवस्था देखिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ मा २१ असोजसम्म १ खर्ब ८२ अर्ब २२ करोड रुपैयाँ राजस्व उठाएको सरकारले २ खर्ब ३२ अर्ब ७८ करोड रुपैयाँ खर्च गरिसकेको छ । जसमा चालु खर्चको हिस्सा मात्रै १ खर्ब ७३ अर्ब २० करोड रुपैयाँ छ ।

त्यसैकारण पहिलो दुई महिनामा सरकारले ४९ अर्ब २३ करोड रुपैयाँ सार्वजनिक ऋण उठाइसकेको सरकारले वैदेशिक अनुदान भने एक रुपैयाँ पनि पाउन सकेको छैन । देशको सार्वजनिक ऋण २३ खर्ब माथि ( ११ खर्ब ४० अर्ब ५३ करोड आन्तरिक र ११ खर्ब ६९ करोड ३३ करोड रुपैयाँ बाह्य ऋण) पुग्दा अर्थ मन्त्रालयको नेतृत्व भने निरन्तर ‘विदेश यात्रा’मा रमाइरहेको छ ।

सोमबार मात्र अर्थमन्त्री डा. प्रकाशशरण महत विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुन मोरक्कोको माराकेस प्रस्थान गरेका छन् । उनी आफू मात्रै गएका छैनन्, अर्थमन्त्रालयको प्रशासनिक नेतृत्वलाई पनि साथमै लिएर मोरक्को उडेका छन् ।



अक्टोबर ९ देखि १५ सम्म हुने बैंकको बैठकमा सहभागी हुन अर्थसचिव डा. कृष्णहरि पुष्कर, अन्तर्राष्ट्रिय विकास सहायता समन्वय महाशाखाका प्रमुख तथा सहसचिव श्रीकृष्ण नेपाल, उपसचिव डा. नारायण ढकाल पनि गएका छन् ।

आर्थिक गतिविधिलाई बढाउने जिम्मा पाएका अर्थमन्त्री डा. महतले विभिन्न साइडलाइन वार्ता गर्ने तय गरेर लामो विदेश भ्रमणमा निस्किएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search