[the_ad id="16865"]

नेपालमा दशै मनाउने बिदेशि पर्यटकलाई रैथाने खाना खुवाईने

[the_ad id="16873"]

२५ असोज, काठमाडौं । दशैको समयमा नेपालमा रहने विदेशी पर्यटकले नेपाली रैथाने स्वाद चाख्न पाउने भएका छन् । दशैंको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म होटल संघ नेपाल (हान)मा आबद्ध सदस्य होटलहरुले आफ्नो मेनुमा रैथाने खाना राखेर खानाको प्रवर्द्धन गर्न लागेका हुन् ।

नेपालमा खाने स्थानीय रैथाने खानाका परिकार होटल–रेस्टुरेन्टको मेनुमै राखी रैथाने खाना प्रवर्द्धन गर्न लागिएको हानले जनाएको छ ।

दशैंको बिदामा कतिपय रेस्टुरेन्टहरु समेत पूर्ण रुपमा सञ्चालनमा आउँदैनन् । सञ्चालनमा आउने होटलहरुले घरघरमा पाक्ने शैली र स्वादका परिकारलाई आफ्नो मेनुमा राखेर विदेशी पाहुनालाई चखाउने योजना बनाएका हुन् ।

सो क्रममा नेपाल घुम्न आएका विदेशी पाहुनाहरुलाई विशेष छुट समेत प्रदान गरिने हानले जनाएको छ । पर्यटकहरुले यात्राको क्रममा रैथाने स्थानीय खानाप्रति विशेष रुचि राख्ने हुँदा अन्तर्राष्ट्रिय पर्यटकहरुलाई नेपाली मौलिक खानाको स्वाद चखाइ नेपालको भ्रमण अविस्मरणीय बनाउने कार्यक्रमको उद्देश्य रहेको हानको भनाइ छ ।

होटल संघ नेपालको यस किसिमको विशेष कार्यक्रममा देशभरका सदस्य होटलले यस्तो अभियान चलाउने भएका छन् । सो क्रममा झापास्थित होटल किङ्सबेरी र मेची क्राउन, भैरहवाको टाइगर प्यालेस, मनिग्रामको ड्रिमल्यान्ड गोल्ड रिसोर्ट, बुटवलको ड्रिम इन्टरनेसनल होटल र काठमाडौंका एयरपोर्ट होटल, अलफ्ट होटल, द्वारिकाज होटल र नेपाली घर यस अभियानमा जोडिइसकेको हानको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search