[the_ad id="16865"]

सिमावर्ति गाउका कृषकलाई कृषक परिचयपत्र बितरण शुरू

सिमावर्ति गाउका कृषकलाई कृषक परिचयपत्र बितरण शुरू
[the_ad id="16873"]

ज्याेति पन्थि कार्तिक १३ । गुलरिया नगरपालिकाले नेपाल भारत सिमा संग जाेडियका वडाहरूका कृषकहरूले उत्पादन गरेका कृषिजन्य बस्तुहरू बजार सम्म ल्याउनका लागि सहज हाेस भन्ने उदेश्यले किसान कार्ड बितरण शुरू गरेकाे छ ।

गुलरिया नगरपालिका वडा नं ९ बाट किसान कार्ड शुरू गरिएको गुलरिया नगरपालिका वडा नं ९ का वडा अध्यक्ष हरि प्रसाद पासवानले बताउनु भयाे । उहाले नेपालकाे भन्सार देखि दक्षिण तर्फकम गाउहरूमा उत्पादन भएकाे कृषि उपज बजार सम्म पुर्याउन कठिन भएकाले कृषकले उत्पादन गरेकाे कृषि उपज सहज तरिकाले बजार सम्म पुर्याउन कृषक परिचय पत्र बितरण शुरू गरियकाे समेत बताउनु भयाे ।

बजर क्षेत्र देखि दक्षिण तर्फ रहेका वडा नं १,३,७,८,९,१० र ११ नं वडाका कृषकलाई पहिलाे पटक कृषक परिचयपत्र बितरण गरिने नगर प्रमुख मुक्तिनाथ यादवले बताउनु भयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search