[the_ad id="16865"]

शून्य समयमा समय लियर माैन भय संसद गाैतम

शून्य समयमा समय लियर माैन भय संसद गाैतम
[the_ad id="16873"]

१६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जय कुमार गौतमले प्रतिनिधि सभाको शून्य समयमा नबोलेरै ब्यङ्ग्य गरेका छन् ।

विगतमा संसदमा उठेका विषयहरुको सम्बोधन नभएको भनी सरकारलाई खबरदारी गर्दै आएका कांग्रेस सांसद गौतमले बिहीबार प्रतिनिधि सभाको बैठकमा शून्य समय लिएर नबोलेरै समय व्यतित गरे ।

सांसद गौतम नबोलेपछि सभामुख देवराज घिमिरेले ‘माननीय सदस्यलाई बोल्न समय दिइएको छ’ भने । तर, फेरि पनि सांसद गौतम बोलेनन् । शून्य समयमा एक मिनेट समय निर्धारण गर्ने अभ्यास छ ।

नबोलेरै ब्यङ्ग्य गरेपछि कतिपय सांसदले टेबुल ठोकेर सांसद गौतमको विरोध र ब्यङ्ग्यप्रति समर्थन जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search