[the_ad id="16865"]

बर्दियामा पहिलाे पटक हात्तिकाे स्वास्थ्य परिक्षण

बर्दियामा पहिलाे पटक हात्तिकाे स्वास्थ्य परिक्षण
[the_ad id="16873"]

हरि गुरुङ्ग
लुम्बिनी प्रदेशको बर्दिया जिल्लामा अवस्थित बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको हात्तीसारमा रहेका हात्तीहरुको स्वास्थ्य परिक्षण गरिएको हो।
बर्दियामा पहिलो पटक हात्ती स्वास्थ्य परिक्षण शिविर गरिएको हो।

बर्दिया राष्ट्रिय निकुञ्ज, प्रकृति संरक्षण कोष बर्दिया, पशु चिकित्सक, स्वास्थ्य प्राविधिक र कर्मचारीको उपस्थितिमा १३ वटा पालुवा हात्तीको स्वास्थ्य परिक्षण गरिएको थियो।

शिविरमा हात्तीहरुलाई जुकाको औषधि खुवाउने, रगत जाँच गर्ने देखी फुट ट्रीमिङ (नङ काट्ने) काम गर्ने र क्षयरोग (टि.बी.) को जांच गरिनेछ। छ/ छ महिनामा जुकाको औषधि खुवाउने गरिन्छ। जुकाको औषधि नियमित खुवायो भने हात्तीको पेटको समस्या हुदैन।हात्तीको स्वास्थ्य पत्ता लगाउन रगतको नमुना संकलन गरिएको छ। ती नमुनाबाट रक्तकोषहरु अवस्था तनाव र पोषणको अवस्था पत्ता लगाइनेछ।

हात्तीको कानबाट निकालिएको रगत मार्फत बायो केमिस्ट्री एनलाइसिस गरि शरीरमा रहेको हर्मोनको अवस्था पत्ता लगाइन्छ भने हेमाटोलोगीबाट रक्तकोषहरुको अवस्था बुझ्ने गरिन्छ। हात्तीलाई तनाव बढी छ कि, शरीरमा पौष्टिक तत्वको अवस्था कस्तो छ अन्य रोग छ कि भन्ने बारेमा रगतको परिक्षणबाट मात्रै थाहा हुने गर्द्छ। हात्तीमा सबैभन्दा ठुलो समस्या नङको हो। नियमित रूपमा नङ काटिएन भने हात्तीलाई हिड्नै मुस्किल पर्छ। त्यसमा बेवास्ता गर्यो भने खुट्टा कमजोर हुँदै जान्छ तर जंगली हात्ती माथी कसैको हैकम नचल्ने भएकोले उसले आफ्नो अंगको ब्यवस्थापन आफै गर्ने भए पनि पालुवा हात्तीको ब्यवस्थापन मान्छे गरिदिनुपर्ने हुन्छ। हात्तीमा देखा पर्ने समस्या मध्य ४०% खुट्टामा देखिन्छ।

डा. विजय कुमार श्रेष्ठ वरिष्ठ पशु चिकित्सक चितवन राष्ट्रिय निकुञ्ज भन्नुहुन्छ पहिलो पटक बर्दियामा पालुवा हात्तीहरुको आधारभुट स्वास्थ्य परिक्षण गरिएको हो। हात्तीको खानपान हिडाई चालचलन शारीरिक बनावट साथै अरु कुनै समस्या छ कि भनी स्वास्थ्य परिक्षण गरिएको हो।हात्ती सफारी गर्दा उसको अधिकार हनन गर्नुहुदैन, उसले समयमा खाना खान पाउनुपर्छ, भने जति खान पाउनुपर्छ, ओभरलोड हुनुहुदैन, दिनमा कति सफारी गर्ने एकपटकमा कति जना मानिस चढाउने मुख्य रूपमा हात्तीको कल्याण हेर्नुपर्छ फाइदाको रुप हैन।

हात्ती प्रजनन केन्द्र हात्तीसारमा बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया र KACF (katie adanson conservation fund) सहयोगमा संचालन भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search