[the_ad id="16865"]

१६ दिने अभियानमा अन्तर्क्रिया

१६ दिने अभियानमा अन्तर्क्रिया
[the_ad id="16873"]

अफजल खान बर्दिया, मंसिर २० लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत गुलरियामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हरेक वर्ष विश्वभर मनाइने लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत गुलरियामा आयोजना अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रममा सहभागीहरुले अझै पनि कानुनले निषेध गरेका बोक्सी, दाइजो, छुवाछुतजस्ता महिला हिंसाका घटनामा कमी आउन नसकेको बताएका थिए । उनीहरुले समाजमा विद्यमान विकृति र विसंगतिविरुद्ध परिवार, समुदाय र राष्ट्रियस्तरमै अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै लुम्बिनीप्रदेश सामाजिक बिकाश मन्त्रालयकि महिला बिकाश अधिकृत सारदा बस्याल बेल्वासेले समाजका अधिकांश घरेलु घटनामा महिला पीडित हुने गरेको भन्दै महिलाहरुलाई हुने हिंसाबाट मुक्ति दिलाउन महिला जागरण आवश्यक रहेको बताउनुभयो । संविधानमा महिलाहरुलाई प्रत्याभूत गरिएका अधिकारहरुको पालना गर्नका लागि तीनै तहका सरकार प्रतिबद्ध रहनुपर्ने उहाँको भनाई थियो ।

महिलाहरु आर्थिक रुपमा सक्षम हुन सकेमा हिंसा आफै कम हुने बताउनुभयो । उहाँले पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगबाट महिला तथा किशोरीहरु बढी हिंसामा पर्ने गरेको भन्दै यसको नियमन गर्नु आवश्यक रहेको धारणा राख्नुभयो । हिंसाविरुद्धको अभियान जनस्तरमा जागरुकता फैलाउने र महिला हिंसा न्यूनीकरण गर्ने कार्यमा सबै सरकारी तथा गैरसरकारी संस्थाहरूसँग समन्वय आवश्यक रहेको थियो । महिला हिंसा, यौन हिंसा, बलात्कार तथा घरेलु हिंसालगायतका घटना सहेर नबस्न समेत उहाँले आग्रह गर्नु भएको छ ।

त्यस्तै बढैयाताल गाउँपालिका कि उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीले प्रथमत व्यक्ति स्वंयले आफु पनि हिंसा गर्दिन र अरुलाई पनि गर्न दिन्न भन्ने प्रण गर्नुपर्ने बताउनुभयो । उहाँले गाउँपालिकाबाट प्रवाह हुने सेवा महिला तथा लक्षित वर्ग मैत्री हुनुपर्ने भन्दै हिसां सहन्न र हिंसा गर्दिन भन्ने उद्धेश्य राखेर अगाडी बढ्न सबैलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा जनप्रतिनिधि, स्थानीय महिला, कर्मचारी लगायतको उपस्थिति रहेको थियो । लैगिक हिंसा, बालबिबाह, साइबर अपराध, कानुनी व्यवस्था लगायतका बिषयमा सहभागीहरुलाई सचेतना सहित प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search