[the_ad id="16865"]

सारजहा काठमाण्डाै जहाजकाे शाैचालयमा नवजात शिशु भेटियाे, एक महिला पक्राउ

सारजहा काठमाण्डाै जहाजकाे शाैचालयमा नवजात शिशु भेटियाे, एक महिला पक्राउ
[the_ad id="16873"]

४ पुस, काठमाडौं । यूएईको सारजाह विमानस्थलबाट काठमाडौं आएको एयर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु फेला परेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले बुधबार बिहान ९ बजे काठमाडौं अवतरण गरेको जहाजको शौचालयमा नवजात शिशु फेला परेको पुष्टि गरे । ‘यो घटनापछि प्रहरीले एक महिला यात्रुलाई पक्राउ गरी अस्पताल लगेको छ,’ उनले भने ।

काठमाडौं सारजहाबाट आएको भए पनि यात्रु कुन मुलुकबाट आएको भन्नेबारे विमानस्थलसँग विस्तृत जानकारी नभएको उनले बताए । यो घटनापछि प्रहरीले शिशु र ती महिला दुवैलाई अस्पताल पुर्‍याएको उनले जानकारी दिए ।

जी९५३६ उडान नम्बरको यो जहाज काठमाडौंमा ९ बजेर १० मिनेटमा अवतरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search