हामी पावर, पहुँच र पैसा नभएकाहरुको विभागमा कामै छैन । नेपाल प्रहरीको शिर निहुरिने गरी जीन्दगीमा कहिले काम गरिन, बरु यो विभागको शिर उच्च हुने काम धेरै गरेँ ।
आफ्नो घरपरिवारलाई भन्दा बढी महत्त्व यो विभागलाई दिएँ । जहाँ जुन युनिटमा बसे दिल खोलेर काम गरेँ । युद्धकालमा आमाबुबाको आशीर्वादले बाँचेको म जवानमा जागिर खाएको हुँ ।
प्रहरी संगठनलाई धन्यबवाद बाहेक अबका दिनपछि अरु केही दिन सक्दिन । प्रहरी संगठन र देश कठिन अवस्थामा चलिरहँदा एक इन्ची नडग्मगाई सब कुरा अर्पण गरियो । आज संगठनबाट हामीले के पायौं ?
कारबाही खाएका र जुनियर बढुुवा हुँदै गर्दा हाम्रो पुरस्कार र योग्यताको कदर किन भएन ? मैले संगठनको मर्यादामा रहेर यो गुनासो लेखे वा मर्यादामा रहिन थाहा छैन् । यो मेरो र म जस्ताको पीडा बहकिएको हो ।
अहिलेको बढुवामा प्रहरी सहायक निरीक्षक (असई) मा बढुवा हुने आशा थियो । जवानमा जागिर आएको म असई भएर निस्कने आशले कुरिरहें, तर म भन्दा कयौं कनिष्टहरु यसपाली बढुवामा असई भए तर म भइन् ।
बढुवामा छुटेपछि मलाई आफू गिरेको महसुस भयो । अब त मलाई ० प्रतिशत पनि आश छैन म जस्ता पावर नभएका कयौं साथीहरूले न्याय पाउँछौ जस्तो लाग्दैन ।
सिनियर छु, विभागले बढुवा दिन्छ होला किन कसैलाई भन्नु भनेर बसेका धेरै जनालाई यो बढुवामा छुटाएको छ विभागले । तर पनि धन्यवाद छ ति सरहरुलाई ।
म जस्तै तपाईहरुले पनि सिनियर भएर पनि जुनियर बढुवा हुँदा कतिको पिडा हुन्छ भन्ने तपाईंहरुलाई स्वयम् भोग्नुपरोस् भगवानसँग बिन्ती गर्नेछु । यो संगठनमा रहुँला/नरहुँला तर म जिन्दगीभर २०८० पुस ५ गतेको दिन कहिले बिर्सने छैन । साभार स्कुप खवर डटकम ( लेखक प्रहरिका बरिष्ट हवलदार हुन त्यसैले उनकाे नाम गाेप्य राखियकाे छ ।
जय नेपाल, जय नेपाल प्रहरी