[the_ad id="16865"]

गुलरिया महाेत्सवमा शुक्रबार ज्याेती मगर आउदै

गुलरिया महाेत्सवमा शुक्रबार ज्याेती मगर आउदै
[the_ad id="16873"]

ज्योति कुमार पन्थी
बर्दिया जिल्लामा गत पुस ६ गते देखि शुरु भएको प्रादेशिक कृषि, पर्यटन तथा औधोगिक ब्यापार महोत्सवको आठाै दिन शुक्रबार ज्याेति मगरले प्रस्तुती गर्ने भएकि छन । उनकाे साथमा अन्य राष्ट्रिय र स्थानिय कलाकारहरूकाे समेत पर्दशन गर्ने भएका छन । बर्दिया जिल्लाको गुलरियामा आयोजना गरिएको उक्त महोत्सवमा बर्दियाका बिभिन्न स्थानहरुबाट स्थानियहरु अवलोकनका लागि आउँने गरेका छन ।

महोत्सवको सातौ दिन सम्म आई पुग्दा करिव २५ हजार बढी स्थानियले महोत्सवको अवलोकन गरेको आयोजक उद्योग बाणिज्य संघ बर्दियाका अध्यक्ष देवेन्द्र पाण्डे (मंगल)ले बताउनु भयो । करिव ५ बर्ष पछि सञ्चालन गरिएको उक्त महोत्सवमा सर्वसाधारणको उपस्थितिले आफुहरुलाई उर्जा मिलेको समेत अध्यक्ष पाण्डेको भनाई छ । बर्दिया जिल्लाको सदरमुकाममा आयोजना गरिएको महोत्सवमा बिभिन्न किसिमका थारु परिकार लगयत बाल उद्ययनहरु समेत सञ्चालन गरिएको छ भने बिभिनन सामाग्रीका स्टलहरु समेत राखिएको उद्योग बाणिज्य संघ बर्दियाका सदस्य पिताम्बर घिमिरेले प्रष्ट समाचारलाई बताउँनु भयो ।

पछिल्लो समय बिभिन्न जिल्लाहरुमा महोत्सवले खासै प्रभाव जमाउँन नसकेको अवस्थामा बर्दियामा सञ्चालित महोत्सवले भने स्थानियको मन जितेको आयोजक सस्थाको भनाई छ भने आगामी पुस १५ गतेका दिन नायक पल शाह र पुस १६ गते गायिका तथा मोडेल ज्योति मगरको प्रस्स्तुति हुनेभ एकाले पनि थप आर्कषण बढने र महोत्सवमा अझ बढी मानिसहरुको सहभागिता हुनेमा आफुहरु बिश्वस्त रहेको उद्योग बाणिज्य संघ बर्दियाका बरिष्ट उपाध्यक्ष ईन्द्र कुमार श्रेष्टले प्रस्ट समाचारलाई बताउँनु भयो । गुलरियामा सञ्चालित महोत्सवका लागि बर्दियाका बिभिन्न स्थानिय तहबाट मानिसहरु आउँने गरेका छन भने सिमावर्ति भारतिय बजारहरुबाट समेत सर्वसाधारणको उपस्थिति हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search