[the_ad id="16865"]

बर्दियाबाट बनभाेजका लागि दाङ जाँदै गरेकाे बस दुर्घटना

बर्दियाबाट बनभाेजका लागि दाङ जाँदै गरेकाे बस दुर्घटना
[the_ad id="16873"]

१५ पुस, काठमाडौं । बर्दियाबाट वनभोजका लागि दाङ जाँदै गरेकाे यात्रु बोकेको बस दुर्घटना भएको छ ।

भे१ख २०४१ नम्बरको बस अमेलिया-तुलसिपुर सडकखण्डको दमारगाउँमा बज बिहान ७ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा २० जना यात्रु घाइते भएको र उनीहरूको उद्धार भइसकेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । एसपी रामबहादुर केसीका अनुसार घाइते सबैको अवस्था सामान्य छ ।

घाइतेहरू बर्दियाबाट बस रिजर्ब गरेर दाङको दंगीशरण गाउँपालिका-३ मा रहेको थारु संग्रालय रहेको चखौरामा वनभोजका लागि गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search