[the_ad id="16865"]

जब्दी पुल निर्माणका लागि जन दवाव सिर्जना गर्छाै – दिनेश प्रसाद श्रेष्ट

जब्दी पुल निर्माणका लागि जन दवाव सिर्जना गर्छाै – दिनेश प्रसाद श्रेष्ट
[the_ad id="16873"]

ज्योति पन्थी बर्दिया
७ बर्ष देखि जब्दी पुल पुल पुर्न निर्माणको माग गर्दे आएका स्थानियहरुले अव आफै दवाव मुलक कार्यक्रमको आयोजना गर्ने भएका छन । बर्दियाको सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोडने जब्दीपुल पुल पुर्न निर्माण नहुदा स्थानियहरुलाई सदरमुकाम आवत जावतमा समेत कठिनाई परेको छ ।


२०७४ सालमा बबई नदीमा आएको बाढीका कारण निर्माण सम्पन्न भएर सडक डिभिजन कार्यालय बाकेलाई हस्तान्तरण हुन नपाउँदै भासिएको पुल पुर्न निर्माणको माग गर्दे गत बर्ष संघिय संसद सञ्जय कुमार गौतम जब्दीपुल मुनिनै अनसन बसे उनि अनसन बसेको ८ दिनमा बर्दिया पुगोका भौतिक पुर्वाधार बिकास मन्त्री प्रकाश ज्वालले जब्दीघाटमा नयाँ पुल बनाउँन ठेक्का आब्हान गर्ने भन्दै उनले ८ दिन देखि अनसन बसेका संसद सञ्जय गौतमको अनसन तोडाए तर बर्दियालीलाई बाचा गरेका मन्त्री ज्वालाले बर्दियाबाट फर्किए लगत्तै बर्दियाली जनता सँग झुट बोलेको प्रमाणित भएको छ । गत मशिर महिला भित्रनै ठेक्का प्रकृया पुरा गर्ने दावि गरेका मन्त्री ज्वालले एक बर्ष सम्म पनि आफनो बाचा बर्दियाली जनता सम्म पुरा गर्न सकेका छैनन ।

पटक पटक जब्दीपुल पुर्न निर्माणको माग गरेका बर्दियाबासि जनताले पुल बगाएको ६ बर्ष पुगि सक्दा पनि अहिले सम्म पुल पुर्न निर्माण हुन सकेको छैन । ५ बर्षमा तिन दर्जन मन्त्री परिवर्तन भए अधिकाश मन्त्री बर्दिया पुगेर पुलको अनुगमनमा सहभागि हुदै उनिहरुले पुल पुर्न निर्माण तुरुन्त हुने बताए पनि मन्त्री ज्वाला जस्तै अरुले पनि बर्दियाली समक्ष झुटको खेति गरेको स्थानिय दाउँरा थारुले आरोप लगाएका छन ।
आफनै सदरमुकाम आउँन बारबर्दिया नगरपालिका र गुलरिया नगरपालिका जोडने जब्दी पुल नहुदा स्थानियले रकम बुझाएर सदरमुकाम पुग्नु परेको छ । राजनितिक स्तरबाट पुल निर्माणको सम्भावना नभए पछि अहिले स्थानिय गैर सरकारी सस्था राधाकृष्ण थारु जनसेवा केन्द्रले बर्दियामा नागरिक दवाव सिर्जना गर्ने गरी गाउँ गाउँमा स्थानियलाई दवाव मुलक कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ । राजनिति गर्ने ब्यक्तिहरुबाट बेईमानी भएको र उनिहरुले नागरिकका कुरा नसुनेका कारण आफुहरु जन दवाव सिर्जना गर्ने उद्धेश्यले बिरोधका कार्रक्रम तयार पारिएको राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेश प्रसाद श्रेष्टले बताए ।
बर्दिया जिल्लाको सदरमुकाम गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोडने जब्दीपुल २०७४ साल साउँन २८ गते आएको बाढीले ४ वटा पिलर भासिएको थियो भने २०७९ साल असोज २० गते आएको बाढीले पुलको २ वटा स्लापनै बगाएको थियो । बबई नदीमा निर्माण गरिएको जब्दीपुल बिवादास्पद निर्माण ब्यवसायी पप्पु कन्स्टक्स्नले निर्माण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search