[the_ad id="16865"]

जब नगर प्रहरिले सुन सहितकाे झाेला फेला पारे

जब नगर प्रहरिले सुन सहितकाे झाेला फेला पारे
[the_ad id="16873"]

गुरिया नगरपालिकामा रहेका नगर प्रहरीले सडक सफाई देखि बिभिन्न किसिमका कामममा सहयोग गरि रहेका हुन्छन । प्रहरी भन्दा बित्तिकै बल प्रयोग गर्ने मात्र बुझने गरीन्छ गुलरिया नगरपालिकाका नगर प्रहरीले नगरमा शान्ति शुरक्षाको साथै मानवियताका कामहरु समेत गर्ने गर्दछन ।

बिहिबार बिहान करिव ९ बजे गुलरिया नेपालगञ्ज सडकमा यात्रा गर्ने क्रममा गुलरिया नगरपालिका ११ अनर्तगतको भादा नदी देखि पुर्व तर्फबाट आउँदै गर्दा एउटा लेडिज झोला नगर प्रहरी हवल्दार पदमपानी गोतामेले फेला पारे पछि गुलरिया नगरपालिकाका प्रेस सल्लाहकार ज्योती पन्थीलाई फोन गर्दछन । नेपालगञ्ज जाने यात्रुको साथ बाट झोला झरेको आशंका शहित हवल्दार गोतामेले सञ्चारकर्मिलाई फोन गरे पछि सञ्चारकर्मिले झोलामा रहेको फोन उठाउँन भने तर उनले यताबाट पन्थीलाई जवाफमा भने सर म एक्लै यो झोला खोल्दीन हजुर आउँनुस भने पछि ज्योति र गोतामे नगरपालिकामा भेट हुन्छन र त्यो फेला परेको ब्याग खोलेर हेर्दा केही पैशा र मोवाईल सहित करिव २ तोलाको सिक्री समेत झोलामा फेला पर्दछ त्यसै समयमा मोवाईलको लक खोलेर आफन्तलाई जानकारी दिने उद्धेश्यले लक खोल्ने प्रयास गरिन्छ तर लक नमिले पछि उताबाट आएको फोन रिसिभ गरि सम्बन्धित लाई बुझाउँने कुरा हुन्छ र ति महिला मधुवन नगरपालिका वडा नं. ६ निवासि शुशिला उपाध्याय हुन्छिन झोला लिन गुलरिया नगरपालिका पुगेकी उनले अहिले पनि समाजमा गोतामे जस्ता ईमान्दारहरु भेटिदा आफुलाई खुसि लागेको बताईन ।

नगर प्रहरीको जिम्मेवारीमा रहेका गोतामेले देखाएको मानवियता साञ्चिकै प्रशंसनिय लायक देखिन्छ । यो समाजमा जिम्मेवारी बन गर्न गुलरिया नगरपालिकाका नगर प्रहरी ईन्चार्ज मदमपानी गोतामेबाट सिक्न जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search