[the_ad id="16865"]

युवा सहभागिताका लागि कार्यशाला सम्पन्न

युवा सहभागिताका लागि कार्यशाला सम्पन्न
[the_ad id="16873"]

एण्डिज शर्मा
प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको सहकार्यमा सञ्चालित गर्ल्स स्ट्यान्डिङ स्ट्रङ प्रोजेक्ट (GSS) अन्तर्गत स्थानीय तहको युवा सहभागिता ढाँचा विकास गर्न स्थानीय सरकारसँगको एकदिने कार्यशाला मधुवन नगरपालिकामा सम्पन्न भएकाे छ ।

उक्त कार्यक्रममा कार्य योजना सहित प्रक्रिया र युवा सहभागिता दिशानिर्देश सहित जानकारि गराईएकाे थियाे । उक्त कार्यक्रममा मधुवन नगरपालिकाका उप प्रमुख अनिता चौधरीले बालिका शिक्षा परियाेजनाले समाजमा सकारात्मक सन्देश प्रवाह गरेकाे बताउदै बाके युनेस्काे संग मधुवन नगरपालिका सहकार्य गर्न तयार रहेकाे बताउनु भयाे । उहाले युवा नीति २०७२, स्थानीय तहमा युवाको सहभागिता, विद्यमान कानुनी व्यवस्था, स्थानीय तहको योजनामा ​​युवा सहभागिता सम्बन्धी कार्यविधिको विश्लेषण गरी विकासको मूलधारमा युवा सहभागिता बढाउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा स्थानिय तहमा युवा सहभागिताका लागि कार्यबिधि निर्माण गरि आगामि बर्ष देखि युवा संवाद कार्यक्रम सञ्चालन गर्नु पर्नेमा सहभागिहरूले जाेड दिएका थिय भने वडा अध्यक्षहरूले समेत त्यसमा एक्यवद्वता जनाएका थिए ।

प्रक्रिया २०७८ युवा मैत्री कार्यक्रम, युवा समन्वय समिति गठन, युवा स्थिति विश्लेषण। कार्यक्रमको सञ्चालक बसन्त कुमार बिसी कार्यक्रम संयोजक गोविन्द लामिछानेले कार्यक्रमको उदेश्यबारे जानकारी दिए भने कार्यशालाको संचालन परियाेजनाकम याेजना अधिकृत ईश्वर विकले गरेका थिए । कार्यक्रममा मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादेर भाट, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरी, वडा अध्यक्ष, महिला तथा बालबालिका इकाइ प्रमुख इन्द्र चुनारा, शिक्षा इकाइका सल्लाहकार विजय ओली र एजीसी सदस्य गरी २५ जनाको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search