[the_ad id="16865"]

माईति नेपालकाे पत्रकार सम्मेलन सम्पन्न

माईति नेपालकाे पत्रकार सम्मेलन सम्पन्न
[the_ad id="16873"]

बर्दिया । हाम्रो आवाज चेलिबेटी बेचविरबाट मुक्त समाज भन्ने मूल नाराका साथ मानव वेचविखन तथा ओसाससार नियन्त्रण का लागी संचारकर्मीहरु संग एक दिने अन्तर्क्रिया कार्यक्रम वर्दियाको गुलरियामा सम्पन्न भएको छ।
विगत लामो समय देखी वर्दिया जिल्लाको सिमा श्रेत्रमा रहेका ३ पालिका मधुवन नगरपालिका , गुलरिया नगरपालिका र बढैयाताल गाउपालिकामा परामर्श केन्द्र (बिट) स्थापना गरी मानव बेचविखन तथा ओसारपसार नियन्त्रण का साथै जोखिमपूर्ण यात्रा मा रही सिमानाकावाट उद्धार , परामर्श दिने जस्ता कामहरु गर्दै आएको छ।

फ्रिअ गर्ल को आर्थिक सहयोग नेपाल पत्रकार महासंघ बार्दियाकोको समन्वयमा माइती नेपालले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रम मा माइती नेपाल बर्दियाकी संयोजक गायत्री रिमालले माइती नेपालवाट गरिएका कामहरुको वारेमा जानकारी गराउँदै तथ्याङ्क प्रस्तुत गर्नु भएको थियो ।
सन २०२३ मा मात्र कूल ४७ जना महिला तथा बालिका हराएको तथ्याङ्कमा उल्लेख छ जस मध्ये ८ जनाको खोजतलास तथा उद्दार गरिएको माइती नेपाल बर्दियाले जनाएको छ।

सन २०२३ डिसेम्बर महिनाको तथ्याङ्क प्रस्तुत गर्दै १८ बर्ष मुनी का २१५ जना र १८ वर्ष माथीका ९० जना गरी कुल ३ सय ५ जना को जोखीमपूर्ण यात्रामा रही सिमाबाट उद्धार तथा परामर्श गरिएको माइती नेपाल बर्दियाकी संयोजक गायत्री रिमालले बताउनु भयो ।
वेचविखन का घटना मुद्दा दर्ता भएका १ जनालाई आवश्यक सहयोग तथा परामर्श दिनुका साथै जवरजस्ती करणी मुद्दा दर्ता भएका २८ जनालाई सहयोग र परामश दिइएको रिमालले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search