[the_ad id="16865"]

लैंगिक हिंसाका घटना ब्यवस्थापन गर्न समन्वय बैठक सम्पन्न

लैंगिक हिंसाका घटना ब्यवस्थापन गर्न समन्वय बैठक सम्पन्न
[the_ad id="16873"]

ज्याेति पन्थि
बर्दिया माघ १२ । प्लान इन्टरनेसनल नेपाल को साझेदारी र बाँके युनेस्को क्लबको आयोजनामा यौन तथा लैंगिक हिंशाका घटना ब्यबस्थापन लाइ प्रभावकारी बनाउनका लागि पालिकामा कार्यरत संरक्षण सेवा प्रदायक निकायका बीच समन्वय बैठक गुलरियामा सम्पन्न भयको छ

शसक्त् बालिका परियोजना अन्तर्गत संचालित उक्क्त बैठकमा संरक्षण का क्षेत्रमा क्रियासिल सरकारी तथा गैर सरकारी निकाय तथा सरोकारवाला बीच समन्वय सहकार्य मार्फत बालबालिका तथा किसोरिहरुका सवाल बिशेष गरि यौन तथा लैंगिक हिंसाका घटना ब्यबस्थान लाई कसरि प्रभाव कारी बनाउन सेवा प्रदायक निकायहरु बीच सहकार्य गरि एक द्वार प्रणाली मार्फत सेवा प्रभाह गर्ने उदेस्यका साथ बैठक आयाेजना गरिएकाे सशक्त बालिका परियाेजनाका कार्यक्रम अधिकृत ईश्वर बि. क. ले बताउनु भयाे ।

बैठकमा बाल संरक्षण का सवाल , घटना ब्यबस्थापनका चरण ,जिल्ला स्थित सेवा प्रदायक निकायको काम तथा सेवा क्षेत्र र सिफारिस संयन्त्र का बारेमा परियोजना परियोजना संयोजक गोविन्द लामिछानेले गर्नु भयको थियो । बाल बालिका तथा महिला विरुद्ध हुने सबै खाले हिंशा अन्त्यका लागि सेवा प्रदायक निकायलाई चुस्त दुरुस्त बनाउन गरियको छलफल पश्चात बैठकले ४ वटा निर्णय समेत गरेको छ जसमा घटना ब्यबस्थापन लाइ प्रभावकारी बनाउनका लागि पालिका तहमा बाल कल्याण अधिकारि को व्यवस्था गर्न पहल गर्ने,जिल्ला तथा पालिका स्तरमा कार्यरत सेवा प्रदायक निकायको स्रोत नक्सांकन गर्ने,जसको जिम्मा महिला बालबालिका शाखा लाइ जिम्वेवारी तोक्ने,लैंगिक हिंशा का पिडित लाइ न्यायोचित सेवा प्रदान गर्नका लागि जिल्ला स्थित एकद्वर संकट ब्यबस्थापन केन्द्र लाइ थप प्रभावकारी बनाउनका लागि पहल गर्ने र संरक्षण क्षेत्र मा कार्यरत निकाय बीच ३/३महिनामा बैठक बस्ने निर्णय गरेको छ ।

कार्यक्रममा गुलरिया नगरपालिका उप प्रमुख सावित्रा गौतमले छलफलमा उठेका सवाल लाइ नीतिगत व्यवस्था गरि दिर्गकालिन रुपमा समाधानका लागि पहल गर्ने साथै हिंशाका घटना लाइ कम गर्न तथा पिडितलाई न्याय प्रदान गर्नका लागि स्थानीय तहमा कार्यरत सेवा प्रदायक निकाय लाइ मजबुत बनाउने प्रतिबद्ता ब्यक्त गर्नु भयको थियाे । कार्यक्रममा महिला बालबालिका सेवा केन्द्र,महिला बाल बालिका शाखा,समुदाय प्रहरी,महिला संजाल ,नगर सेवा केन्द्र ,बर्दिया अस्पताल, पत्रकार लगायत संघसस्थाहरुको उपस्थिति रहेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search