[the_ad id="16865"]

युवाहरूकाे पहुच बृद्वि गर्न जनप्रतिनिधि संग अन्तरक्रिया

युवाहरूकाे पहुच बृद्वि गर्न जनप्रतिनिधि संग अन्तरक्रिया
[the_ad id="16873"]

एण्डिज शर्मा
प्लान नेपालकाे आर्थिक सहयाेग बाके युनेश्काे क्लवकाे आयाेजनामा शशक्त बालिका परियाेजना अन्रतर्गत युवाहरूकाे नागरिक तथा राजनैतिक अधिकारका लागि सेवा प्रदायक तथा युवाहरू बिच अन्तर्कृया कार्यक्रम गुलरियामा सम्पन्न भएकाे छ ।

उक्त कार्यक्रममा युवाहरू सहित स्थानिय जन प्रतिनिधिहरूकाे समेत उपस्थिति रहेकाे थियाे । बाके युनेश्काे क्लवले आयाेजना गरेकाे कार्यक्रममा बाेल्दै सशक्त बालिका परियाेजनाका परियाेजना संयाेजक गाेविन्द प्रसाद लामिछानेले युवाहरूकाे नेतृत्वदायि भुमिकामा अग्रसर हुन र पहुच पुर्याउन कार्यक्रमकाे आयाेजना गरिएकाे बताउनु भयाे । संयाेजक लामिछानेले युवामा सिप भय मात्र स्वराेजगार बन्न सकिने र सैदान्तिक ज्ञान भन्दा पनि शिप मुलक शिक्षामा युवाले जाेड दिनु पर्ने बताउनु भयाे । कार्यकममा गुलरिया नगरपालिकाका उप प्रमुख सावित्रा गाैतमले युवाहरू नेतृत्वदायि भुमिकामा आउन युवानै अग्रसर हुनु पर्ने बताउनु भयाे । उहाले पछिल्लाे समय बाके युनेश्काे क्लवले युवा लक्षित कार्यक्रम गरेकाे भन्दै धन्यवाद समेत दिनु भयाे ।

कार्यक्रममा गुलरिया नगरपालिका वडा नं १ का वडा अध्यक्ष जाेगिराम थारू, वडा नं ६ का वडा अध्यक्ष सुदांशु प्रकाश शर्मा, वडा नं ८ का वडा अध्यक्ष धर्मेन्द्र कुमार बनिया , वडा नं १२ का वडा अध्यक्ष रामकुमार थारू लगायत बिभिन्न बिध्यालयमा अध्यनरत करिव दुई दर्जन युवाहरूकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रममा उपस्थित किशाेरिहरूले अहिले पनि समाजमा बालबिवाह हुने गरेकाे र त्यसलाई सवैले मिलेर राेकथाम गर्नु पर्ने बताएका थिए । कार्यक्रममा युवा निति २०७२ का बारेमा समेत युवाहरूलाई जानकारि गराईएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search