[the_ad id="16865"]

आईतबार वडा अध्यक्ष बनिन दृष्टि गाेडिया

आईतबार वडा अध्यक्ष बनिन दृष्टि गाेडिया
[the_ad id="16873"]

एण्डिज शर्मा
बर्दिया जिल्लाकाे सवै भन्दा पुरानाे गुलरिया नगरपालिका वडा नं ६ समृद्वि किशाेरी क्लव कि अध्यक्ष दृष्टि गाेडिया वडा नं ६ काे वडा अध्यक्ष बनेकि छन । प्लान नेपालकाे सहयाेगमा बाके युनेश्काे क्लवले सञ्चालन गरेकाे सशक्त बालिका परियाेजना कार्यक्रमकाे पहलमा दृष्टि गाेडिया वडा अध्यक्ष बनेकि हुन । शसक्त बालिका परियाेजनाले बर्दियाका बिभिन्न पालिकाहरूमा युवा सहभागिताकाे क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आएकाे छ ।

आईतबार ६ नं वडाकाे वडा अध्यक्ष बनेकि दृष्टिलाई वडा कार्यालयमा उपस्थित युवाहरूले वडामा प्रस्तावित याेजनाहरूमा युवा लक्षित कार्यक्रमकाे अवस्थाका बारेमा प्रस्न गरेका थिए । युवा लक्षित कार्यक्रम, स्वास्थ्य, शिक्षाका बारेमा वडा अध्यक्ष बनेकि दृष्टिले सहभागिले उठायका प्रस्नकाे जवाफ दिएकि थिईन । उनकाे प्रस्तुति सरल र सभ्य भएकाे र युवाले अवसर पाय केहि गर्न सक्छन भन्ने उदाहरण दिृष्टिले दिएकि गुलरिया नगरपालिका वडा नं ६ का वडा अध्यक्ष शुदांसु प्रकाश शर्माले बताउनु भयाे ।

बाके युनेश्काेले बर्दिया जिल्लामा युवा लक्षित रूपमा युवाकाे पहुच बृद्वी गर्न र उनिहरूलाई समेत सार्वजनिक कार्यक्रममा सहभागि गराउनका लागि शशक्त बालिका परियाेजनाका संयाेजक गाेविन्द प्रसाद लामिछानेले बताए । उक्त कार्यक्रममा गुलरिया नगरपालिकाकि उप प्रमुख सावित्रा गाैतमले कार्यक्रमले सार्वजनिक रूपमानै युवाकाे पहुच बृद्वि गर्न सहयाेग पुग्नेमा आफु बिश्वस्त रहेकाे बताउनु भयाे । त्यसैगरि गुलरिया नगरपालिका ११ मा अस्मिता गुप्ता, वडा नं १२ मा सन्धया थारू, बढैयाताल गाउपालिकाकाे वडा नं ७ मा सरिना थारू, वडा नं ८ मा मनिसा थारू, त्यसैगरि मधुवन नगरपालिका वडा नं ६ मा कृषा चाैधरिले समेत यस अघि वडा अध्यक्षकाे जिमेमेवारि बहन गरि सकेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search