[the_ad id="16865"]

बढैयातालमा शिक्षकलाई रियल प्लान तालिम

बढैयातालमा शिक्षकलाई रियल प्लान तालिम
[the_ad id="16873"]

बर्दिया जिल्लामा प्रधानाध्यापक तथा शिक्षकहरुका लागि आपुरण तथा द्रुत सिकाई सम्बन्धी अभिमुखीकरण कार्यक्रमको शुरुवात भएको छ । बढैयाताल गाँउपालिका भित्रका कक्षा ३ देखि ८ कक्षा सम्मका बिद्यालयका प्रधानाध्यापक तथा बिषयगत शिक्षकहरुलाई सिकाई आपुरण तथा द्रुत सिकाई (रियल प्लान) सम्बन्धी अभिमुखीकरण कार्यक्रम को सुरुवात गरिएको हो। कोभिड–१९ का कारण बालबालिकाको शिक्षण–सिकाईमा पर्न गएको असर कम गर्ने तथा शैक्षिक गुणस्तर बढाउने हेतुले निदानत्मक तथा उपचारात्मक कक्षा सन्चालनका लागी अभिमुखीकरण कार्यक्रम संचालन गरिएको हो । अभिमुखीकरण कार्यक्रम अन्र्तगत पहिलो चरणमा माघ २३ गते बढैयाताल गाँउपालिका भित्र रहेका सामुदायिक बिद्यालयका ३९ जना प्रधानाध्यापक हरुलाई १ दिने सिकाई आपुरण तथा द्रुत सिकाई सम्बन्धि अभिमुखीकरण कार्यक्रम बढैयातालमा गरिएको हो ।

त्यसै अनुरूप दोस्रो चरण अन्तर्गत बढैयाताल गाँउपालिका भित्र रहेका सामुदायिक बिद्यालयमा नेपाल सरकारको शिक्षा मन्त्रालयबाट कार्यन्वयन गरिएको सिकाई आपुरण तथा द्रुत सिकाई (रियल प्लानको नीति) अन्र्तगत प्लान ईन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लवको सहन्वय तथा साझेदारीमा सन्चालित गरिएको सशक्त बालिका परियोजना र बढैयाताल गाँउपालिका शिक्षा, युवा तथा खेलकुद शाखा बढैयाताल बर्दियाको सयुक्त आयोजना गरिएको छ ।

यस तालिम पश्चात कक्षा ३ देखि ८ कसम्मका बिद्यार्थीको परिक्षा संचालन गरी न्यूनतम ३५ भन्दा कम अंक ल्याउने बिद्यार्थीहरुलाई उपचारात्मक कक्षा संचालनका लागि कार्य योजना समेत तयार पारिएको छ । तालिमको सहजीकरण बढैयाताल गाँउपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखा स्रोत क्षिक बिमला कुमारी गुरुङ्ग तथा प्रा. स. धन बहादुर थापाले सहजिकरण गर्नु भएको छ । यसका अतिरिक्त सिकाई आपुरण तथा द्रुत ।सिकाई (रियल प्लान) सम्बन्धि अन्तर्गत कक्षा ३ देखि ८ कक्षा सम्मका सिकाई कमजोर भएका बिधार्थीहरुलाई उनीहरूको पढाइमा सिकाइ उपलब्धी बृद्धि गर्नका लागि शिक्षकहरुको क्षमता अभिवृद्धि गर्नका लागि अभिमुखीकरण तथा तालिम संचालन गरिएको सशक्त बालिका परियोजना कार्यक्रम संयोजक गोविन्द लामिछानेले जानकारी गराए ।

तेस्रो चरणका अनुगमन मुल्याङ्कण समिक्षा तथा पुनर्ताजगी तालिमहरु प्लान ईन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लवकाको साझेदारीमा शिक्षकहरुलाई अभिमुखीकरण तथा तालिम सन्चालनका लागि सशक्त बालिका परियोजना सहयोग गर्ने तथा बिद्यालय स्तरमा उपचारात्मक कक्षा संचालनका लागि आवश्यक बजेट बढैयाताल गाँउपालिको शिक्षा, युवा तथा खेलकुद शाखाले लगानी गरी बिद्यार्थीहरुको सिकाई उपलब्धिमा सहयोग गर्ने तथा नियमित रुपमा कक्षा संचालनको अनुगमन पालिकाबाट गर्ने संयोजक लामिछनेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search