[the_ad id="16865"]

छुवाछुत मुक्त समाज निर्माणका लागि धर्मगुरुहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

छुवाछुत मुक्त समाज निर्माणका लागि धर्मगुरुहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
[the_ad id="16873"]

एण्डिज शर्मा बर्दिया । मधुबन नगरपालिकामा धर्मगुरु र अन्य सरोकारवालाहरूसँग जातीय छुवाछुत र विभेद अन्त्यका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघले आयोजना गरेको उक्त कार्यक्रममा मधुबन नगरपालिका क्षेत्रभित्रका धर्मगुरुहरू जनप्रतिनिधि र दलित अगुवाहरूको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा दलित महिला संघ बर्दियाकी अध्यक्ष हिमा सुनारले पछिल्लो समय जातीय विभेदका कुराहरु कानुनमा नभए पनि व्यवहारमा भने देखिएको को बताउनुभयो। बर्दिया जिल्लाको मधुबन नगरपालिकामा आफ्नो विविध कार्यक्रम सञ्चालन गर्दै आएको दलित महिला संघ बर्दियाले पछिल्लो समय दलितको हक अधिकारका लागि कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। बर्दिया जिल्लाको विभिन्न स्थानीय तहमा दलित हकहितका लागि काम गर्दै आएको उक्त संस्थाले यस वर्षदेखि मधुबन नगरपालिकामा समेत आफ्नो काम प्रारम्भ गरेको हो। कार्यक्रममा उपस्थित भएका धर्मगुरु र जनप्रतिनिधिहरूले संविधानमा जातीय विभेदको कुरा नभएको तर समाजमा अझै भएकोले यसलाई रोक्नका लागि आफूहरू लाग्ने प्रतिबद्धता समेत जनाएका छन् एक दिनसम्म सञ्चालन भएको उक्त कार्यक्रममा मधुबन नगरपालिका क्षेत्रभित्रका धर्मगुरु जनप्रतिनिधि र दलित अगुवाहरुको समेत उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search