[the_ad id="16865"]

बढैयातालमा बिद्यार्थीको सिकाई उपलब्धिका लागि संचालित अतिरिक्त कक्षाको अनुगमन

बढैयातालमा बिद्यार्थीको सिकाई उपलब्धिका लागि संचालित अतिरिक्त कक्षाको अनुगमन
[the_ad id="16873"]

बढैयाताल गाँउपालिका शिक्षा ईकाईको आयोजनामा तथा प्लान इन्टरनेशनल नेपाल तथा वाँके युनेस्को क्लवको समन्वयमा सिकाइ आपुरण र द्रुत सिकाइ कार्यक्रम संचालनका शिक्षकहरुलाई तालिम पश्यात बढैयाताल गाँउपालिका भित्र रहेका ३९ वटा बिद्यालयमा उपचारात्मक कक्षा संचालन भएको छ ।

अतिरिक्त उपचारात्मक कक्षा संचालन भएका बिद्यालयमा गांउपालिका उपप्रमुखको संयोजकत्वमा अध्यापनमा संलग्न शिक्षक तथा प्रधानध्यापकहरुको उपस्थितीमा र शिक्षा समन्वय ईकाई बढैयाताल गाँउपालिका शिक्षा प्रमुख बिष्णु प्रसाद ढकालको सहजिकरण गरेका थिय । कोभिड १९ पछि नेपाल संकारद्धारा संचालित रियल प्लान कार्यक्रम अन्र्तगत बिथार्थीहरुको विभिन्न कारणले सिकाइ उपलब्धिमा भएको क्षतिको बारेमा परिचित गराउनु, सिकाइ स्तर पहिचान गर्ने साधनको प्रयोग गर्न सक्षम बनाउनु, विद्यार्थीको सिकाइ स्तरको अभिलेखिकरण, वर्गिकरण र विषयवस्तु छनोट गर्न सक्ने बनाउनु र द्रुत सिकाइका रणनिति अन्र्तगत नियमित रुपमा बिद्यालय आउने वातावरण, बालबालिकाहरुको सिकाइका आयामहरु र सिक्ने तरिकाहरुको बारेमा छलफल गरिएको तथा आधारभुत सैधान्तिक ज्ञान प्राप्तीका लागि कक्षा ३ देखि ८ कक्षा सम्मका बिद्यार्थीहरुलाई बिज्ञान, नेपाली, गणित र अग्रेजी विषयमा अतिरिक्त कक्षाहरु संचालन गरिरहेको शिक्षा प्रमुख बिष्णु प्रसाद खनाल बताउनु हुन्छ । अनुगमनका क्रममा यो कार्यक्रम अत्यन्त्र प्रभावकारी रहेको, यस उपचारात्मक कक्षाले कमजोर बिद्यार्थीहरुका लागि सिकाईमा परिवर्तन ल्याउने र बिद्यालयको वार्षिक नतिजामा समेत परिवर्तन हने कुरा प्रधानाध्यापक पदम बाहादुर शाही बताउनु हुन्छ ।

अनुगमनको क्रममा गाँउपालिका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीका अनुसार रियल प्लान कार्यक्रमले बिद्यालयको शैक्षिक गुणस्तरमा परिवर्तन गर्नुका साथै पढनका लागि उत्प्रेरित गर्ने भएकाले यस कार्यक्रमलाई आगामी वर्षमा समेत निरन्तरताका लागि पालिकाले प्रयासरत रहने बताउनु भयो । अनुगमनका क्रममा गुलरियाको त्रिशक्ति मा.बि., बढैयातालको जगदम्बिकिा मा बि., ने रा मा बि गेब्रेपुर, ने रा मा बि पडरिया, भवानी मा बि, प्रगति आ बि र भवानी आ बि मा कक्षा संचालन गरिरहनु भएका शिक्षकहरुसंग छलफल र अन्तरक्रिया गरिएको थियो । अनुगमनको टिममा बढैयाताल शिक्षा शाखाका प्राविधिक सहायक धन बहादुर थापा, श्रोत ब्यक्ति तथा शिक्षक बिमला गुरुगं, प्लान ईन्टरनेशनल नेपालका बेद प्रसाद डागीं, बाँके युनेस्को क्लव सशक्त बालिका परियोजना कार्यक्रम संयोजक गोबिन्द प्रसाद लामिछाने, कार्यक्रम अधिकृत ईश्वर बि क र फिल्ड सुपरभाईजर राम बहादुर थारु र संचारकर्मी दल बहादुर सुनारको उपस्थिती रहको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search