[the_ad id="16865"]

युवा तथा किशोरीलाई विपत जोखिम तालिम

युवा तथा किशोरीलाई विपत जोखिम तालिम
[the_ad id="16873"]

बर्दिया, १९ फागुन । प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको सहकार्यमा बाल क्लब, सिओसी र किशोर किशोरीहरुको सहभागितामा गर्ल्स स्ट्यान्डिङ स्ट्रङ प्रोजेक्ट (जीएसएस) अन्तर्गत गुलरिया नगरपालिकामा जलवायु संकट, विपद् जोखिम व्यवस्थापन र मानवीय साहायता सम्बन्धी ५ दिने क्षमता अभिवृद्धि तालिम शुरु भएको छ ।

गुलेरिया नगरपालिका विपत व्यवस्थापन शाखाका फोकल पर्सन अर्यालले जलवायु संकटको अवस्था, एलईओसीको विद्यमान कानुनी प्रणाली, विपद्का साथै मानवीय सेवामा काम गर्न युवाहरूलाई उत्प्रेरित गरे । कार्यक्रमको संचालन महेश गौतम र लौटन चौधरीले गरेका हुन् । उद्घाटन कार्यक्रममा कार्यक्रम संयोजक गोविन्द प्रसाद लामिछानेले कार्यक्रमको उद्देश्य बारे जानकारी गराएका छन् । आयोजना अधिकृत ईश्वर विकले संचालत गरेको कार्यक्रमको महेश गौतम र लौटन चौधरीले सहजीकरण गरेका थिए । पहिलो दिनको कार्यक्रममा बाल क्लब, युवा क्लब र एजीसी सदस्य गरी ३० जना सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search