[the_ad id="16865"]

गुलरिया नगरपालिका वडा नम्बर ९ मा स्वास्थ्य शिविर सम्पन्न

गुलरिया नगरपालिका वडा नम्बर ९ मा स्वास्थ्य शिविर सम्पन्न
[the_ad id="16873"]

ज्योति पन्थी (बर्दिया) फागुन २९ गते । बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा रहेको गुलरिया नगरपालिका वडा नम्बर ९ स्थित मथुराहर्दार स्वास्थ्य चौकीमा दुई दिने विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ। दुई दिनसम्म सञ्चालन भएको उक्त स्वास्थ्य शिविरमा बालबालिका जेष्ठ नागरिक महिला गरी करिब ५१५ जनाले स्वास्थ्य सेवा लिएको वडा कार्यालयले जानकारी दिएको छ।

गुलरिया नगरपालिका वडा नम्बर ९ ले आयोजना गरेको उक्त स्वास्थ्य शिविरमा गाउँ गाउँबाट महिलाहरू सेवा लिनका लागि स्वास्थ्य चौकी पुगेको गुलरिया नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष हरिप्रसाद पासवानले जानकारी दिनुभयो ।

उक्त स्वास्थ्य शिविरमा कोहलपुर मेडिकल कलेजका डाक्टर होमनाथ अधिकारी डाक्टर आसिफ हश्मी शिविरमा सहयोग गर्नुभएको थियो भने मेडिकल अफिसर डाक्टर सुनिता भण्डारीले समेत स्वास्थ्य परीक्षण गर्नुभएको थियो। दुई दिनसम्म भएको उक्त शिविरमा बर्दिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुभाष पाण्डे त्यसैगरी त्यसैगरी शिविरमा बाल रोग विशेषज्ञ विश्वनाथ शाहले स्वास्थ्य परीक्षण गर्नुभएको स्वास्थ्य चौकीका प्रमुख कमल भट्टराईले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search