[the_ad id="16865"]

दलित महिलामाथि हुने भेदभाव र हिंसाका घटनाहरू प्रहरी समक्ष पुग्दैनन – अध्यक्ष हिमा सुनार

दलित महिलामाथि हुने भेदभाव र हिंसाका घटनाहरू प्रहरी समक्ष पुग्दैनन – अध्यक्ष हिमा सुनार
[the_ad id="16873"]

एण्डिज शर्मा वदिया चैत्र १ । दलित महिलाका सवाल र सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा सम्पन्न भएको छ। दलित महिला सङ्घ बर्दियाले आयोजना गरेको उक्त कार्यक्रममा फाउन्डेसन फर जस्ट सोसाइटीले आर्थिक सहयोग गरेको थियो। दलित महिलाहरूमा हुने हिंसा र भेदभावका विषयमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो। पछिल्लो समय दलित महिला र जातिय भेदभावका घटनाहरु प्रहरीसँग नपुगेको गुनासो हुने गरेको छ। गाउँघरमा त्यस्ता घटनाहरुलाई गुपचुपमै मिलाउने गरेका कारणले दलित महिलाहरुका समस्याहरु नपुग्ने गरेको समेत देखिन्छ ।जिल्ला प्रहरी कार्यालय बर्दियाको तथ्याङ्क हेर्ने हो भने पनि बितेका दुई आर्थिक वर्षमा जातीय भेदभावका कुनै पनि घटनाहरु दर्ता भएको देखिँदैन । बर्दिया जिल्लामा त्यस्ता घटनाहरु दर्ता नभएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाउँदै आएको छ। जातीय विभेदका घटनाहरू गाउँमै मिल्ने भएका कारणले प्रहरी समक्ष नपुगेको दलित महिला संघ बर्दियाकी अध्यक्ष हिमाल सुनारले बताउनुभयो । अध्यक्ष सुनारले पछिल्लो समय गाउँमा दलित महिलाका जातीय भेदभाव सम्बन्धी मुद्दाहरू हुने गरेको भए पनि एकआपसमै मुद्दा मिलाउने प्रयत्न हुने गरेका कारण प्रहरीसम्म नपुगेको उहाँको जिकिर थियो। सञ्चारकर्मीहरुले दलित महिलाका सवाल मा कलम चलाउन समेत उहाँले अनुरोध गर्दै दलित महिलाका मुद्दाहरुमा आचार सम्प्रेषण गर्न समेत आग्रह गर्नुभएको थियो।उक्त अन्तरक्रिया कार्यक्रममा बर्दिया जिल्लामा क्रियाशील रहेका करिब दुई दर्जन सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search