[the_ad id="16865"]

बर्दियामा वन डडेलो सचेतना सप्ताह २०८० मनाइँदै

बर्दियामा वन डडेलो सचेतना सप्ताह २०८० मनाइँदै
[the_ad id="16873"]

एन्डिज शर्मा वर्दिया चैत ४ । डिभिजन वन कार्यालय बर्दियाको आयोजना र सामुदायिक वन उपभोक्ताको महासङ्घको समन्वयमा बर्दिया जिल्लामा सप्ताहव्यापी वन डडेलो नियन्त्रण दिवस विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ। बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा मनाइएको उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेल त्यसैगरी सशस्त्र प्रहरी उपरीक्षक चित्राङ्गत दाहाल त्यसैगरी नेपाल प्रहरीका प्रहरी उपरीक्षक सहितको उपस्थिति समेत रहेको थियो। कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले वन डडेलो नियन्त्रण गर्न उपभोक्ता उपभोक्ता र वन नजिकका बस्तीहरू स्वयं सक्रिय हुनुपर्ने बताउनुभयो। उहाँले कार्यक्रममा बोल्दै भन्नुभयो हाम्रा वनहरूका छेउछाउ र बस्तीहरूमा पुगेर हामीहरुले यस्ता किसिमका डढेलो नियन्त्रण सम्बन्धी कार्यक्रमको आयोजना गर्नुपर्दछ ।

वन डडेलो नियन्त्रण दिवसलाई मध्यनजर गर्दै राधाकृष्ण चोकमा वनमा आगलागी हुदा नियन्त्रण गर्ने तरिका समेत प्रस्तुत गरिएको थियो। आगलागी भएमा आगलागीलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्नेबारे डिभिजन वन कार्यालय बर्दियाका वनरक्षक र त्यसैगरी सशस्त्र प्रहरीहरूले वन डडेलो नियन्त्रणका लागि डेमो प्रस्तुत गरेर देखाएका थिए ।

गुलरियाको राधाकृष्ण चोकबाट सुरु भएको प्रभात फेरी कार्यक्रम बजारका विभिन्न स्थानहरूको परिक्रमा गर्दै पुन राधाकृष्ण चोकमा पुगेर समापन भएको थियो। समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै डिभिजन वन कार्यालय बर्दियाका वन डिभिजनल अधिकृत प्रमुख प्रविण बिडारीले वन डडेलो नियन्त्रण गर्न सबै चनाखो हुनुपर्ने बताउनुभयो । उपभोक्ता र त्यसैगरी बस्तीमा सचेतना हुने हो भने वन डडेलो स्वयं नियन्त्रण हुनेमा आफू विश्वस्त रहेको समेत प्रमुख बिडारीले बताउनुभयो । उक्त कार्यक्रममा विभिन्न सामुदायिक वनका प्रतिनिधि एवं उपभोक्ताहरूको समेत उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search