[the_ad id="16865"]

स्थानीयलाई स्वच्छ पानीको व्यवस्था गर्दै गुलरिया नगरपालिका वडा नम्बर ८

स्थानीयलाई स्वच्छ पानीको व्यवस्था गर्दै गुलरिया नगरपालिका वडा नम्बर ८
[the_ad id="16873"]

ज्योति पन्थी (बर्दिया) चैत्र ५ गते । गुलरिया नगरपालिका वडा नं ८ ले टप्रा गाउँमा बस्दै आएका स्थानीयलाई स्वच्छ खानेपानीको व्यवस्था गर्ने भएको छ। २०७१ र २०७४ सालमा बबै नदीमा आएको बाढीबाट विस्थापित भएकाहरूलाई गुलेरिया नगरपालिका र कारितास नेपालको संयुक्त लगानीमा घर निर्माण गरिसकेपछि अहिले वडा कार्यालय र कारितास नेपालको संयुक्त लगानीमा स्वच्छ खानेपानीको व्यवस्था गर्न सुरु गरिएको हो। गुलरिया नगरपालिका वडा नम्बर ८ को करिब २० हजार र कारितास नेपालको १ लाख७० हजारमा २७ घरधुरीका लागि शुद्ध खानेपानीको व्यवस्था गर्न लागिएको गुलेरिया नगरपालिका वडा नं ८ का वडा अध्यक्ष धर्मेन्द्र कुमार बानियाले बताए ।
बानियाको भनाई अनुसार ट्याङ्की निर्माण सम्पन्न भइसकेपछि उक्त स्थानका करिब पाँच दर्जन परिवारले शुद्ध पिउने पानी पिउन पाउनेछन् । कारितास नेपालले आर्थिक सहयोग गरेपछि वडाको समेत आर्थिक सहयोगमा खानेपानीको ट्याङ्की निर्माण गरिएको वडा नं ८ का वडा सचिव लक्ष्मण ज्ञवालीको भनाइ छ। स्थानीयलाई शुद्ध पानी पिउनका लागि दुई स्थानमा ट्यांकी निर्माण गरेर शुद्ध पानी पिउने व्यवस्था मिलाइएको सचिव ज्ञवालीले बताए । गुलेरिया नगरपालिका वडा नम्बर ८ मा बस्ने स्थानीयका लागि भनेर गुलरिया नगरपालिका र कारितास नेपालको संयुक्त लगानीमा यसअघि नै करिब दुई दर्जनभन्दा बढी घरहरू निर्माण भइसकेका छन् उनीहरुका लागि नै स्वच्छ पिउने पानीको व्यवस्था मिलाइएको कारिदास नेपाल बर्दियाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search