[the_ad id="16865"]

बाँके युनेस्को क्लबद्वारा शिक्षकहरूका लागि सीप अभिवृद्धि तालिम सम्पन्न

बाँके युनेस्को क्लबद्वारा शिक्षकहरूका लागि सीप अभिवृद्धि तालिम सम्पन्न
[the_ad id="16873"]

ज्योति पन्थी बर्दिया (चैत्र ९ गते)बाँके युनेस्को क्लबको परिकल्पना विकासद्वारा मानव बस्ती मस्तिष्कमा शान्तिको स्थापना अपाङ्गता भएका बालबालिकाहरूका लागि समावेशी शिक्षा परियोजना अन्तर्गत बालबालिकाहरूको कार्यगत सिमितता पहिचान र समावेशी शिक्षा सम्बन्धमा विद्यालयका शिक्षकहरूको शिप अभिवृद्धि तालिम बर्दियाको गुलेरियामा सम्पन्न भएको छ।

चैत्र ७ ८ र ९ गते सञ्चालन भएको उक्त तालिममा सातवटा विद्यालयका प्र स्वास्थ्य सम्बन्धी फोकल शिक्षक इमिस फोकल शिक्षक गरी करिब ३३ जना शिक्षकहरूको उपस्थिति रहेको थियो । प्लान नेपालको आर्थिक सहयोग र बाँके युनेस्को क्लबको आयोजनामा सञ्चालित उक्त तालिममा अपाङ्गता भएका बालबालिकाहरूको शिक्षा अधिकार र शिक्षा सम्बन्धीका बारेमा जानकारी गराइएको थियो । उक्त शिप अभिवृद्धि तालिममा अपाङ्गता भएका बालबालिकाहरूका लागि समावेशी शिक्षा परियोजना बालबालिकाहरूको कार्यगत सिमितता पहिचान र समावेशी शिक्षाका सम्बन्धमा विद्यालयका शिक्षकहरूलाई जानकारी गराइएको थियो । तीन दिनसम्म सञ्चालन भएको उक्त तालिमको समापन सत्रमा बोल्दै गुलेरिया नगरपालिकाका शिक्षा शाखा प्रमुख सतिश यादवले तालिममा जानकारी गराएका कुराहरुलाई व्यवहारमा लागू गर्नुपर्ने बताउनुभयो । उहाँले विद्यालयका शिक्षकहरुलाई दिएको तालिमले अवश्य पनि विद्यालयमा त्यसले सकारात्मक प्रभाव पार्ने समेत जानकारी गराउनु भयो ।

उक्त तालिमको समापन सत्रमा बोल्दै गुलेरिया नगरपालिका महिला तथा बालबालिका शाखाका प्रमुख शिला शाहले अपाङ्गता भएका व्यक्तिहरूलाई पनि अन्य व्यक्ति सरह व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले बाँके युनेस्को क्लबले पहिलेदेखि नै सहयोग गर्दै आएको र शिक्षकहरुलाई दिएको तालिमले विद्यालयमा विद्यालय व्यवस्थापन तथा अध्ययनमा समेत सहजता हुने बताउनुभयो ।

तीन दिनसम्म सञ्चालन भएको उक्त तालिममा नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक यादव रेग्मीले आफूहरूले सिकेका सीपले अध्ययनमा सहजता आउने बताउनुभयो।

प्लान नेपालको आर्थिक सहयोग र बाँके युनेस्को क्लबको आयोजनामा सञ्चालन भएको उक्त तालिममा ३३ जना शिक्षकहरूको सहभागिता रहेको थियो। उक्त तालिममा बाँके युनेस्को क्लबका प्रशिक्षक महेश नेपालीले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search