[the_ad id="16865"]

बि ग्रुपको तालिम पाएपछी अब्बल बन्दै सोमा

बि ग्रुपको तालिम पाएपछी अब्बल बन्दै सोमा
[the_ad id="16873"]

ज्योति पन्थी (बर्दिया) गुलरिया नगरपालिका वडा नम्बर १२ की सोमा चौधरी बिहानै उठेर हातमा कर्नी र कटर मेसिन लिएर घरबाट निस्कन्छन् । उनी पछिल्लो समय टाइल लगाउने पेशामा संलग्न भएपछि खुसी समेत देखिन्छिन्। परिवारको आर्थिक अवस्था न्यून भएपछि उनलाई बी ग्रुपले तीन महिनाको तालिम पश्चात सो काम गर्न गरी पठाएको हो। रोजगारीलाई सानो ठूलो नभन्ने शोमा बिहानै घरबाट निस्किँदा काम गरेर घर फर्कने भनेर निस्कन्छिन्। पछिल्लो समय ५ जना किशोरी लाई बी ग्रुपले प्लान नेपालको सहयोगमा तालिम दिएपछि उनीहरू अहिले गाउँघरमा टायल लगाउन व्यस्त देखिन्छन्। गाउँघरमा आफूहरुले गर्ने कामबाट आफ्ना घर छिमेकका मानिसहरू समेत खुसी भएको र सो काम आफूहरुलाई सिकाउन अनुरोध गर्ने गरेको शोमा बताउँछिन् ।
नयाँ बन्दै गरेका घरहरू र विभिन्न स्थानहरूमा घुमेर कामको खोजी गर्ने र आफूसँगै रहेका अन्य चारजना साथीहरुलाई पनि सो काममा लिएर जाने गरेको सोमाको भनाइ छ। सुमाले सुरुमा तालिम लिँदा काम गर्न समस्या हुन्छ भन्ने सोचेकी थिइन् तर तालिम गरिसकेपछि सो कामबाट आफू सन्तुष्ट भएको सोमाको भनाइ छ । ग्रुपबाट तालिम लिएर उनीहरूलाई काम गर्न हौसला प्रदान भएको बी ग्रुपकी कर्मचारी शान्ता सुनारको भनाइ छ। शान्ता भन्नुहुन्छ पछिल्लो समय किशोरीहरुलाई पनि काममा सक्रिय बनाउन बी ग्रुपले विभिन्न किसिमका तालिमहरु सञ्चालन गर्दै आएको छ। त्यसैको प्रत्यक्ष उदाहरण सोमा र उनका साथीहरु भएको उहाँको भनाइ छ ।

तीन महिनासम्म बेसिक लेभलको मिस्त्री काम सिकिसकेपछि उनीहरू अहिले घरघरमा टायल लगाउन पुग्ने गरेका छन्। सोमालाई अहिले परिवारले समेत राम्रो सपोर्ट गरेको छ भने परिवारले सहयोग गरेको उनीहरुको भनाइ छ । सोमा र उनका चारजना साथीहरूले गरेको कामको अनुगमनमा पुग्नुभएकी गुलेरिया नगरपालिका नगर उपप्रमुख सावित्रा गौतमले महिलाले पनि केही गर्न सक्छन् भन्ने उदाहरण सोमा र उनका साथीहरु भएको बताउनुभयो । सोमा लगायत उनका साथीहरूले गाउँघरमा गर्ने गरेको कामले महिलाहरूलाई पनि थप हौसला र ऊर्जा मिलेको उहाँले बताउनुभयो । शनिबार गुलेरिया नगरपालिका वडा नम्बर १२ मा रहेको एक विद्यालयमा पुग्दा सोमा र उनका साथीहरुले टायल लगाइरहेका थिए। त्यस स्थानको दृश्य हेर्दा एकदम रमाइलो लागिरहेको थियो। सोमा र उनका साथीहरू मिलेर काम गरिरहेको देख्दा उनका साथीहरू समेत खुसी देखिन्थे। काम गर्दै गरेका उनीहरूलाई गुलेरिया नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष राम कुमार थारुले पनि हौसला दिइरहनु भएको थियो। उहाँले कुनै समस्या परे वडा कार्यालयमा आएर आफूलाई जानकारी गराउन समेत बताउनुभयो । पछिल्लो समय प्लान नेपालको आर्थिक सहयोगमा बर्दिया जिल्लाका विभिन्न स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्दै आइरहेको बी ग्रुपले किशोरीहरूका लागि उनीहरू आत्मनिर्भर बनुन् भन्ने उद्देश्य राखेर उनीहरुलाई विभिन्न किसिमको तालिम प्रदान गर्दै आयमूलक काममा पनि सक्रिय गराउन थालेको छ ।

आर्थिक अवस्था कमजोर भएका र विपन्न परिवारका किशोरी तथा युवतीहरूलाई विभिन्न तालिमहरूमा सक्रिय बनाएर उनीहरूको आर्थिक आम्दानी गर्ने बाटो खोल्नका लागि उनीहरूलाई तालिममा सहभागी बनाइएको बी ग्रुप बर्दियाका कार्यक्रम संयोजक डम्बर सुनारको भनाइ छ । बि ग्रुपले सञ्चालन गरेको तालिमबाट प्रत्यक्ष फाइदा लिएकाहरू अहिले विभिन्न काममा समेत सक्रिय भएका छन्। बर्दिया जिल्लाको विभिन्न स्थानीय तहमा प्लान नेपालको आर्थिक सहयोगमा बी ग्रुपले रोजगारमूलक कार्यक्रमहरू समेत सञ्चालन गर्दै आइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search