[the_ad id="16865"]

बर्दियामा सशस्त्र प्रहरीद्वारा २३ केजी चरेस बरामद

बर्दियामा सशस्त्र प्रहरीद्वारा २३ केजी चरेस बरामद
[the_ad id="16873"]

ज्योति पन्थी बर्दिया । बर्दिया जिल्लाको बडैयाताल गाउँपालिका वडा नम्बर २ स्थित फुटाहाबाट सशस्त्र प्रहरीले गए राती २३ किलो चरेस बरामद गरेको छ। नेपालबाट भारततर्फ निकासी गर्दै गरेको उक्त चरेस सशस्त्र प्रहरीको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा पक्राउ परेको हो।उक्त चरेस सँगै रुकुम पश्चिम सानोभेरी गाउँपालिका घर भएका ३४ वर्षका बमबहादुर पुन पक्राउ परेका छन्। नेपाल भारत सीमा क्षेत्रमा सहायक प्रहरी नाय निरीक्षक सूर्यबहादुर ओलीको नेतृत्वमा खटिएको गस्ती टोलीले शंकास्पद अवस्थामा रहेका उनलाई चेकजाँच गर्ने क्रममा ३९ प्याकेट कालो चरेस जस्तो पदार्थ करिब २३ किलो बरामद गरिएको सीमा सुरक्षा कार्यालय ३१ नम्बर गणका प्रमुख चित्राङ्गत दाहालले बताउनुभयो । सशस्त्र प्रहरीले पक्राउ गरेको उक्त चरेसलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बर्दियामा बुझाइएको समेत प्रहरी उपरीक्षक दाहालले बताउनुभयो । पछिल्लो समय सीमा क्षेत्रमा बढ्दो गतिविधि नियन्त्रणका लागि सशस्त्र प्रहरी सक्रिय भएर लागेको छ। नेपालबाट भारततर्फ लागू औषध ओसारपसार हुने सूचनाका आधारमा तस्करी हुन सक्ने भन्दै सशस्त्र प्रहरीले सिमा क्षेत्रमा गस्ती समेत बढाएको देखिन्छ । सशस्त्र प्रहरीले केही दिनअघि मात्र ठूलो परिमाणको चरेसहित एक महिलालाई पक्राउ गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search