[the_ad id="16865"]

गुलरियामा युवा मैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

गुलरियामा युवा मैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
[the_ad id="16873"]

एन्डीज शर्मा बर्दिया । प्लान नेपालको आर्थिक सहयोग र बाँके युनेस्को क्लबको आयोजनामा बर्दिया जिल्लाको गुलरियामा युवा मैत्री स्थानीय शासनसम्बन्धीकरण कार्यक्रम सम्पन्न भएको छ। गुलेरियामा आयोजना गरिएको उक्त कार्यक्रममा गुलेरिया नगरपालिकाका वडा अध्यक्ष ज्यूहरु र त्यसैगरी कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थितहरुले उक्त कार्यक्रममा जानकारी गराइएको थियो । युवा मैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा युवाहरूको रोजगारीको अवसर र त्यसैगरी युवाहरूको बारेमा बनाइएको कानुनको बारेमा जानकारी गराइएको क्लबका कार्यक्रम अधिकृत ईश्वर बिकले बताए ।

कार्यक्रममा स्थानीय सरकारको सञ्चालन गर्दा युवा मैत्री शासनलाई कसरी अझ परिपूर्ण गर्न सकिन्छ भन्ने बारेमा जानकारी गराइएको गुलेरिया नगरपालिकाका नगर प्रवक्ता एवं वडा नम्बर ६ का वडा अध्यक्ष सुदानसु प्रकाश शर्माले बताए ।उक्त कार्यक्रममा गुलेरिया नगरपालिकाका १२ वटाका वडाध्यक्ष कार्यपालिका सदस्य र सञ्चारकर्मीहरूको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा बास नेपाल बाँकेका कार्यकारी निर्देशक नमस्कार शाहले अभिमुखीकरण गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search