[the_ad id="16865"]

१७ औ गणतन्त्र दिवसमा राजापुर नगरपालिकाले दियो पर्यटन प्रवर्धनमा जोड

१७ औ गणतन्त्र दिवसमा राजापुर नगरपालिकाले दियो पर्यटन प्रवर्धनमा जोड
[the_ad id="16873"]

ज्योति पन्थी बर्दिया । बर्दिया जिल्लाको राजापुर नगरपालिकाले विविध कार्यक्रमको आयोजना गरी १७औं गणतन्त्र दिवस मनाएको छ। राजापुर नगरपालिकाले सत्रौँ गणतन्त्र दिवसको अवसरमा पर्यटन प्रवर्द्धनलाई जोड दिँदै राजापुर बजारमा दीप प्रज्वलन गर्नुका साथै पर्यटकीय स्थलले सक्षम र सफल मानिएको नेपालको सबैभन्दा लामो पुल कर्णाली पुलमा झन्डाहरू समेत फरफराएको छ। नेपालको चन्द्र र सूर्य अङ्कित झण्डा फरफराएर राजापुर नगरपालिकाले पर्यटकीय स्थलको पहिचान बोकेको गेरुवा कर्णाली पुललाई अझ बढी पर्यटक आगमन हुने उद्देश्यले नेपाली चन्द्र सूर्य अङ्कित झण्डाहरू फरफराएको हो।

करिब १०१५ मिटर लम्बाइ रहेको गेरुवा कर्णाली पुलमा पछिल्लो समय पर्यटक हक बन्दै गएको छ। राजापुर नगरपालिकाको प्रमुख पर्यटकीय स्थलको रुपमा चिनिएको गेरुवा कर्णाली पुलमा राजापुर नगरपालिकाले पर्यटक आगमनको उद्देश्य बोकेर पर्यटकलाई समेत आगमन हुने वातावरण तयार गर्न झण्डा फरफराइएको राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश थारुले बताउनु भयो । नगर प्रमुख थारुले सत्रौँ गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपाली र विदेशमा रहनुहुनेलाई समेत शुभकामना दिनुभयो गणतन्त्रको ऐतिहासिक सफलतालाई आत्मसाथ गर्दै गणतन्त्र दिवस मनाउनुपर्ने र गणतन्त्रमा सबैले समान अधिकार प्राप्त गर्नुपर्ने उहाँको भनाइ थियो । नेपालको सबैभन्दा लामो पुलको गरिमा बोकेको कर्णाली पुल हेर्न अहिले पनि छिमेकी जिल्लाहरू लगायत देशका विभिन्न भागबाट स्थानीयहरु आउने गरेका छन्।

राजापुर नगरपालिकाले सत्रौँ गणतन्त्र दिवसको अवसर पारेर आयोजना गरेको कार्यक्रममा राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत त्यसैगरी विभिन्न वडाका वडा अध्यक्षहरू र नगरपालिकामा कार्यरत विभिन्न कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search