[the_ad id="16865"]

नदीजन्य पदार्थ बोकेका ट्रिपरले सडक जीर्ण बनाउँदा ट्राफिक प्रहरी मौन

नदीजन्य पदार्थ बोकेका ट्रिपरले सडक जीर्ण बनाउँदा ट्राफिक प्रहरी मौन
[the_ad id="16873"]

ज्योति पन्थी बर्दिया । गुलरियाको राधाकृष्ण चोक भएर भित्र प्रवेश गर्ने टिप्परहरूले सडक जिर्ण बनाउँदै छन्। यो सडकको अनुगमन गर्ने जिम्मेवारी बोकेको ट्राफिक प्रहरी भने बसेको देखिन्छ। पछिल्लो समय सडक जीर्ण यसरी भइरहेको छ जुन कि सडक अहिले धसिरहेको अवस्था छ। अत्याधिक मात्रामा नदीजन्य पदार्थ बोकेर सदरमुकाम गुलरिया भित्रिएका टिप्परहरूले दैनिक जसो त्यस सडकबाट आवतजावत गर्ने गरेका छन् । यसको सुरक्षा कसले गर्ने भन्ने विषयमा समेत अहिलेसम्म खुल्न सकेको छैन। ट्राफिक प्रहरीले व्यवस्थापन गर्नुपर्ने ठाउँमा टोल विकास संस्थालाई अगाडि सारेर गरी बोर्ड लगाउन भनेर आफू पन्छिन खोजेको निर्माण व्यवसायी संघ बर्दियाका अध्यक्ष हेमन्त प्रकाश गिरीले बताउनु भयो ।

उहाँले भन्नु भयो अत्याधिक मात्रामा नदीजन्य पदार्थ बोकेर गुलरिया प्रवेश गर्ने टिप्परहरू एउटै बाटो भएर दैनिक जसो आवतजावत गर्ने गरेका छन्। दैनिक जसो सयौँ पटक आवतजावत गर्ने टिप्परहरू कृषि विकास बैंक रूटबाट भित्रने गरेका छन्।त्यस स्थानबाट हिँड्ने गरेका कारणले सडक पनि जीर्ण बन्ने अवस्थामा पुगिसकेको छ। तर यसलाई रोकथाम गर्न कसैले पनि पहल गरेको देखिँदैन। । त्यति मात्रै होइन सडकमा गुड्ने अधिकांश टिप्परहरूले पानी चुहाउँदै हिँड्ने गरेको दृश्य पनि देख्न सकिन्छ। त्यसको समेत चेकजाँच हुने गरेको छैन। बर्दिया जिल्लामा नदीजन्य पदार्थ उत्खनन गरेर हिँडेका टिप्परहरूले पछाडि मोटरसाइकिल अथवा सडक मा हिडुल गर्ने यात्रुहरुलाई समेत शास्ती दिइरहेका हुन्छन् । सर्वसाधारणले सुरक्षा निकायलाई जानकारी गराए पनि उनीहरूले नदेखेजस्तै गर्ने गरेको स्थानीयको भनाइ छ। । यस विषयमा हामीले केही दिनअघि मात्र स्थलगत रिपोर्टिङ गर्दा जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुलसीराम अर्यालसँग समेत कुराकानी गरेका थियौँ। उहाँले यस्ता कार्यलाई तत्काल रोक्ने बताए पनि दुई दिन बितिसक्दा पनि उहाँले कुनै कदम चालेको देखिँदैन। सडकमा टिप्पर ज्यादती बढेर जानकारी गराउँदा समेत स्थानीय प्रहरी प्रशासन भने मौन बसेको देखिन्छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कारबाही गर्ने निकाय भएपनि उनीहरुले यस विषयमा अहिलेसम्म कुनै पनि चासो दिएका छैनन्।

हामीले पनि पटकपटक जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियामा जानकारी गराएका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search