[the_ad id="16865"]

बर्दियाका पाँच स्थानीय तहमा किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार परियोजना सञ्चालन गरिने

बर्दियाका पाँच स्थानीय तहमा किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार परियोजना सञ्चालन गरिने
[the_ad id="16873"]

ज्योतिपन्थी बर्दिया प्लान नेपालको आर्थिक सहयोग र राधाकृष्ण थारु जनसेवा केन्द्र RKJS को आयोजनामा बर्दिया जिल्लाको पाँचवटा स्थानीय तहमा किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार परियोजना सञ्चालन गरिने भएको छ। तीन वर्षका लागि सञ्चालन गरिने उक्त परियोजनामा किशोर किशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी अधिकारका विषयमा जानकारी गराइने बताइएको छ । बर्दिया जिल्लाको आठ स्थानीय तहमध्ये गुलरिया नगरपालिका बारबर्दिया नगरपालिका मधुबन नगरपालिका ठाकुरबाबा नगरपालिका र त्यसैगरी गेरुवा गाउँपालिकामा तीन वर्षसम्म किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार परियोजना सञ्चालन गर्न लागिएको कार्यक्रमका संयोजक सुरज अर्यालले बताउनु भयो ।

किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धी परियोजनाको जानकारी दिनका लागि आयोजना गरिएको कार्यक्रममा गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले राधाकृष्ण थारु जनसेवा केन्द्रले सञ्चालन गर्न थालेको कार्यक्रमले किशोर किशोरहरूमा परिवर्तन ल्याउनेमा आफू विश्वस्त रहेको बताउनुभयो। । राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दियाले आयोजना गरेको कार्यक्रममा गुलरिया नगरपालिकाकी उपप्रमुख सावित्रा गौतम प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह त्यसैगरी शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख सतिश यादव प्रशासन शाखाका प्रमुख कपिल घिमिरे र त्यसैगरी योजना शाखाका प्रमुख मुकुन्द अर्यालको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा राधाकृष्ण थारु जनसभा केन्द्र बर्दियाका अध्यक्ष दिनेश प्रसाद श्रेष्ठले विभिन्न समयमा राधाकृष्ण थारुले सचेतनामूलक काम गर्दै आइरहेको जानकारी गराउनु भएको थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले अब सञ्चालन गर्ने परियोजनाले किशोर किशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको सम्बन्धमा धेरै परिवर्तन गर्नेमा आफू समेत विश्वस्त रहेको जानकारी गराउनुभयो । बर्दियाको पाँचवटा स्थानीयमा तहमा सञ्चालन गर्न लागिएको किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार परियोजनाले अवश्य पनि प्रभाव पार्ने सहभागीहरुले बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search