[the_ad id="16865"]

समाचार प्रकाशनपछि ट्राफिक प्रहरीको सक्रियता बढ्दै

समाचार प्रकाशनपछि ट्राफिक प्रहरीको सक्रियता बढ्दै
[the_ad id="16873"]

ज्योति पन्थी बर्दिया । बर्दिया जिल्लाको सदरमुकाम गुलरिया भएर जाने टिप्परहरूले नदीजन्य पदार्थ बोकेर अवैध तरिकाले सञ्चालन हुँदै आएको भन्ने प्रष्ट समाचार अनलाइन मा समाचार प्रकाशन भएपछि त्यसको प्रभाव परेको छ। प्रष्ट समाचारमा टिप्परहरूले जथाभावी टिप्पर सञ्चालन गर्दा सडकजीण बन्दै गएको र सडकमा हिँड्ने यात्रुहरुलाई समेत शास्ती बेहोर्नु परेको समाचार मङ्गलबार प्रकाशित गरेको थियो ।

टिप्पर सञ्चालन हुँदा समेत ट्राफिक प्रहरी मौन बसेको भन्ने समाचार प्रकाशित भएपछि यतिबेला ट्राफिक प्रहरीले समेत आफ्नो सक्रियता बढाएको बढाएको र अनियमित काम गर्नेलाई कारबाही गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रमुख ओम खड्काले बताउनुभयो। नदीबाट घाट गद्दी गरेर बिक्री गर्नुपर्ने नदीजन्य पदार्थ सोझै पानी मुनिबाट निकालेर टिप्परमा लोड गरी सदरमुकाम गुलरियाको सडक प्रयोग गरेर लैजान थालेपछि विभिन्न स्थानमा सडक भासिएको छ। नीलो आयल कृषि विकास बैंक चोक तुलापुर र त्यसैगरी कृष्णसार तालको समेत सडक भासिएको छ।

भाँसिएको सडक कसले मर्मत गर्ने हो भन्ने चासोको विषय नबन्दा स्थानीयले समेत शास्ती बेहोर्नु परेको देखिन्छ। टिप्परमा पानी चुहाउँदै गर्दा पछाडि हिँड्ने मोटरसाइकल र पैदल यात्रुहरुलाई समेत त्यसले असर पार्ने गरेको छ। प्रष्ट समाचार डट कममा समाचार प्रकाशन भएपछि बुधबारदेखि नै ट्राफिक प्रहरीले त्यस्ता टिप्परहरुलाई कारबाही प्रक्रिया अगाडि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search