[the_ad id="16865"]

बढैयातालकी प्रतिक्षा न्यौपाने बनिन् नमुना प्रमुख जिल्ला अधिकारी

बढैयातालकी प्रतिक्षा न्यौपाने बनिन् नमुना प्रमुख जिल्ला अधिकारी
[the_ad id="16873"]

ज्योति पन्थी बर्दिया । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नम्बर ४ बस्ने प्रतीक्षा न्यौपाने एक घण्टाका लागि नमुना प्रमुख जिल्ला अधिकारी बन्न सफल भएकी छन्। गर्ल्स टेक ओभर कार्यक्रम अन्तर्गत उनी जिल्ला प्रशासन कार्यालय बर्दियाको नमुना प्रमुख जिल्ला अधिकारी बन्न सफल भएकी हुन् उनलाई प्रमुख जिल्ला अधिकारीको पदभार ग्रहण गरे लगत्तै कार्यक्रममा उपस्थित किशोरीहरुले बर्दिया जिल्लामा रहेका सरकारी कार्यालयमा कर्मचारीहरू समयमै नआउने र ढिलोगरी कार्यालयमा आउने कर्मचारीहरूलाई कारबाही नभएको गुनासो गरेका थिए। त्यसैगरी लागू औषध दुर्वेसनी मानव बेचबिखन लगायत सडक दुर्घटनाका सवालमा प्रश्न गरेका थिए ।

एक घण्टाका लागि नमुना प्रमुख जिल्ला अधिकारीको आसनमा बसेकी प्रतिक्षाले किशोरीबाट आएको प्रश्नमा विभिन्न तरिकाबाट जवाफ दिएकी थिइन्। कर्मचारीहरूको अनुगमनमा हाजिरी मेसिन प्रयोग गरिएको र बेलाबेलामा अनुगमन हुने गरेको त्यसैगरी सडक दुर्घटना न्यूनीकरण गर्नका लागि प्रहरी चेकपोस्टमा चेकिङको व्यवस्था मिलाइएको र ट्राफिक प्रहरीलाई सडक दुर्घटना न्यूनीकरण गर्न खटाइएको बताएकी थिइन् त्यसैगरी मानव बेचबिखन नियन्त्रणका लागि जिल्लामा सरोकारवाला निकाय र त्यसैगरी विभिन्न संघसंस्थासँग मिलेर कार्यक्रम सञ्चालन गरिएको समेत नमुना प्रमुख जिल्ला अधिकारीको भूमिका निर्वाह गरेकी न्यौपानेले प्रष्ट पारेकी थिइन् । आगामी दिनमा समेत यस्ता कुराहरूमा आफू सचेत हुँदै जिल्लाको विकासका लागि आफू लागू पर्ने उनको भनाइ थियो। त्यसैगरी कार्यक्रममा बर्दिया जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बढ्दो लागू औषध दुर्व्यवसनी नियन्त्रण गर्न र त्यसैगरी मानव बेचबिखन रोक्न संघसंस्थासँग मिलेर काम गर्नुपर्ने र प्रहरीलाई समेत परिचालन गरिएको बताउनु भएको थियो।


उहाँले अझै पनि किशोरीहरुलाई त्यस्ता किसिमका तालिम दिन आफू सहकार्य गर्न तयार रहेको समेत बताउनुभयो । कार्यक्रममा बाँके युनेस्को क्लब सशक्त बालिका परियोजनाका कार्यक्रम संयोजक गोविन्दप्रसाद लामिछानेले देशव्यापी रूपमा किशोरीहरूलाई पनि अगाडि बढाउनका लागि गल्स टेक ओभर कार्यक्रम सुरु गरिएको बताउनुभयो। उहाँले किशोरीहरुले कुनै जिम्मेवारी पाए भने त्यो जिम्मेवारी पूरा गर्न सक्छन् भन्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको समेत बताउनुभयो । प्लान नेपालको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले किशोरीहरूको क्षमता अभिवृद्धि गर्नका लागि विगतदेखि नै विभिन्न किसिमका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। बर्दिया जिल्लामा पनि किशोरीहरुलाई सशक्त बालिका परियोजना अन्तर्गत कार्यक्रम गर्ने गरिएको कार्यक्रम अधिकृत ईश्वरविकले बताउनुभयो ।

एक घण्टाका लागि नमुना प्रमुख जिल्ला अधिकारी बनेकी प्रतीक्षा न्यौपानेले आफ्नो अनुभव नौलो रहेको र भन्नमा भन्दा पनि गर्नमा निकै कठिनाइ भएको महसुस भएको बताइन्। साथै गुलरिया न पा महिला तथा बालबालिका शाखा प्रमुख शिला शाह, बि गुप र राधाकृष्ण थारु जनसेवा केन्द्रकाे समेत सहभागीता रहेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search